प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १, २०७५
|
|
५६ पटक हेरिएको
Shares
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु

सारांश

  • काठमाडौं, १ पुस।
  • संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ।
  • संसदीय सुनुवाई विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो।

काठमाडौं, १ पुस। संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ। संसदीय सुनुवाई विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो।

गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाई गर्न समितिलाई पत्राचार गरेको थियो। सोही पत्राचारमाथि छलफल गर्दै समितिले सोमबारबाट १० दिनसम्मका लागि प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ।

सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाई हुने पनि स्पष्ट पारे। समितिले जबराको सुनुवाई चित्त बुझे प्रधानन्यायाधिशमा उनको नाम अनुमोदन गर्नेछ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यस अघि संसदीय सुनुवाई विशेष समितिले अयोग्य ठहर गरेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दिपकराज जोशीपछि दोस्रो वरियतामा रहेका जबरालाई संवैधानिक परिषदले प्रधानन्यायाधिशमा सिफारिस गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौमा मोज गर्नेलाई सरकारको लोप्पा !
काठमाडौमा मोज गर्नेलाई सरकारको लोप्पा !
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
एनिमल साइन्सको पढाई हुँदा किन भयो सभामुख महराको सपना पूरा ?
एनिमल साइन्सको पढाई हुँदा किन भयो सभामुख महराको सपना पूरा ?
ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्छ : प्रधानमन्त्री ओली
ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्छ : प्रधानमन्त्री ओली
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र

तपाईंले छुटाउनुभयो कि?