सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो

सारांश

  • चितवन ।
  • पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ ।
  • गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए ।

चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए ।

सुँड काटिएको एक महिनापछि पानी आफँै खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार प्राविधिकहरुले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उनले भने, ‘हात्तीलाई काममा फर्काउन सकिने प्राविधिकको सल्लाह भए पनि अझै केही दिन आराम गराउने योजनामा छु ।’

हात्तीले अहिले पानीले आफैँ नुहाउने, आफ्नो शरीरलाई चाहिने बालुवा आफैँ छर्कने, जङ्गलमा गएर हाँगा लुछ्ने, पात टिप्ने लगायतका काम गर्न थालेको उनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र माउतेको अथक प्रयासले हात्ती अहिलेको अवस्थामा आउन सकेको हो । उनले भने, ‘हात्तीको सुँडले पैसाको सिक्का टिप्न भने अहिले पनि सकेको छैन ।’

हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजालसहितको टोली खटिएको छ । हात्तीलाई आक्रमण गर्ने पक्राउ पर्न सकेका छैनन् । हात्तीलाई यो ढङ्गको आक्रमण पहिलो पटक भएको हो । रातको समयमा अज्ञात व्यक्तिले हात्तीको सुँड काटेर भागेको बताइएको छ । सुँड काट्नेको खोजी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य
रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
अध्यक्ष दाहालद्धारा चितवन महोत्सवको उदधाटन
अध्यक्ष दाहालद्धारा चितवन महोत्सवको उदधाटन
अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए
अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
सेनाको रासन खरिदमा भ्रष्टाचारः ठेकेदारहरु अदालतमा
४ हजार ८ सय वटा फुल पहिरिएर  बिदाइ भए मकवानपुर प्रहरी प्रमुख
४ हजार ८ सय वटा फुल पहिरिएर बिदाइ भए मकवानपुर प्रहरी प्रमुख
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान

तपाईंले छुटाउनुभयो कि?