गरिब घरपरिवारलाई परिचयपत्र वितरण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १९, २०८०
|
|
४९ पटक हेरिएको
Shares
गरिब घरपरिवारलाई परिचयपत्र वितरण

सारांश

  • काठमाडौं ।
  • सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो ।

काठमाडौं । सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति रु २२ हजार नौ सय १९ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ ।

तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिए । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् ।

सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ । विसं २०७० मा गरिब पहिचानको कार्यक्रम सुरु गरिएकामा सुरुमा २६ जिल्ला र २३ जिल्लाका गरिब पहिचान गरिएको थियो । बाँकी २८ जिल्लामा पहिचानका कार्य सकिएकाले आगामी वर्षमा परिचयपत्र वितरण सम्पन्न गरिने छ । पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि सरकारले अहिलेसम्म रु एक अर्ब करिब ५३ करोड खर्च गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?
बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई
कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
कृष्णबहादुरका अन्य काण्डहरु !
कृष्णबहादुरका अन्य काण्डहरु !
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ
‘विप्लवहरु नक्कली कमरेड हुन्, सहमतिमै मूलधारमा नआए जेलमा हालेरपनि ल्याउँछौं’
‘विप्लवहरु नक्कली कमरेड हुन्, सहमतिमै मूलधारमा नआए जेलमा हालेरपनि ल्याउँछौं’
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन

तपाईंले छुटाउनुभयो कि?