मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २४, २०८०
|
|
४७ पटक हेरिएको
Shares
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन् ।
  • आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो बताएका हुन् ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन् ।

आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो बताएका हुन् ।

“नेपाल राष्ट्र बैंकले तोकेअनुसार नै मुख्यगरी दुईवटा विषयलाई केन्द्रमा राखेर मौद्रिक नीति आउनेछ । मुद्रास्फीति नियन्त्रणमा राख्ने र वित्तीय स्थायित्व कायम गर्ने कुरा मुख्य हुन्”, उनले भने । सरकारी राजस्व बढाउने, रोजगारी बढाउने जस्ता विषय मौद्रिक नीतिले प्रत्यक्षरूपमा नहेर्ने भए पनि केही वित्तीय व्यवस्थामार्फत ती क्षेत्रलाई सम्बोधन गर्न सकिने शिवाकोटीको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि सरकारले राखेको लक्ष्यअनुसार अहिले राजस्व उठ्न सकेको छैन । तर अहिले देखिएका मुख्य समस्याहरू न्यून राजस्व उठ्नु र सहकारी क्षेत्रमा देखिएको सङ्कट पनि राष्ट्र बैंक नहेर्ने उनले बताए । सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि र रोजगारी सिर्जनाका लागि कुन क्षेत्रमा कर्जा विस्तार बढाउने भनेर हेरिने शिवाकोटीको भनाइ छ ।

त्यस्तै, नियामकीय भूमिकामा नेपाल राष्ट्र बैंक कमजोर भएको पनि उनले स्वीकारे । बैंकहरूले हाउजिङ क्षेत्रमा काठमाडौँ उपत्यकाभित्रका लागि मूल्याङ्कनको ३० प्रतिशत र उपत्यका बाहिरका लागि ४० प्रतिशत कर्जा दिइरहेकामा त्यसलाई बढाउन सकिने पनि उनको भनाइ छ ।

त्यस्तै, पूँजीबजारका क्षेत्रमा यसअघि लिइएका नीतिको समीक्षा र नतिजा हेरेर अघि बढ्नुपर्ने बेला आएको उनले बताए । त्यस्तै, पुनरकर्जा थप दिन सकिने अवस्थामा राष्ट्र बैंक नरहेको पनि शिवाकोटीले स्पष्ट पारे ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति धेरै कडा वा लचिलो नभई सन्तुलितरूपमा मध्यस्थ खालको आउनेतर्फ पनि उहाँले सङ्केत गरे । “मौद्रिक नीतिले डिजिटल इकोनोमी, इनोभेसनका कुरामा लगानी बढाउने विषयलाई केन्द्रमा राख्छ । काउन्टर साइक्लिङ बफर लागू गर्ने समय अझै एक वर्ष पर सार्नुपर्ने हो कि भनेर विचार गर्नुपर्ने बेला आएको छ । चालु पूँजी कर्जा कार्यविधि कार्यान्वयनको विषयलाई पनि केही समय थाँती राखेर यसको सम्बोधन गर्न सकिन्छ”, शिवाकोटीले भने, “मौद्रिक नीतिले ठूला ऋणीलाई कसरी नियमन गर्ने भन्नेबारे पनि सोच्नुपर्ने बेला भइसकेको छ । पुनरकर्जा, पुनर्तालिकीकरण, वैदेशिक मुद्रा सटहीमा दिइरहेको सुविधा लगायतका विषयमा राष्ट्र बैंकले आवश्यक र उपयुक्त निर्णय लिन्छ ।”

त्यस्तै, हरेक वर्ष मौद्रिक नीति ल्याउनका लागि निश्चित समय तोकेर नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्ने निर्णय सञ्चालक समितिबाट भएको पनि उनले बताए । सरकारले सङ्घीय बजेट ल्याएको सात कार्य दिनभित्रमा मौद्रिक नीति जारी गर्ने व्यवस्थासहित कानून संशोधन प्रस्ताव गरिएको शिवाकोटीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
पाँच होटल तथा रेष्टुराँ स्तरीकरण
पाँच होटल तथा रेष्टुराँ स्तरीकरण
आगलागीमा २५ खसी बाख्रासहित २ सय ७४ लोकल कुखुरा जले
आगलागीमा २५ खसी बाख्रासहित २ सय ७४ लोकल कुखुरा जले
यशको ‘टक्सिक’लाई  दर्शकको साथ मिलेन, दोस्रो दिनदेखि नै कमाइ सुस्त
यशको ‘टक्सिक’लाई दर्शकको साथ मिलेन, दोस्रो दिनदेखि नै कमाइ सुस्त
Nepal bags nutrition campaign award
Nepal bags nutrition campaign award
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
घुस काण्डमा मुछिएका क्यानडाका अर्थमन्त्रीले दिए राजीनामा
घुस काण्डमा मुछिएका क्यानडाका अर्थमन्त्रीले दिए राजीनामा
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

तपाईंले छुटाउनुभयो कि?