अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०८०
|
|
६६ पटक हेरिएको
Shares
अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प

सारांश

  • अमेरिका ।
  • अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.
  • २ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।

अमेरिका । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । यूएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड भएको परिमार्जित रिपोर्ट दिएको छ ।

स्थानीय समयअनुसार आइतबार राति १० बजेर ४८ मिनेटमा स्यान्ड प्वाइन्ट सहरबाट ८९ किलोमिटर दक्षिणपश्चिममा भूकम्प गएको थियो । अलास्काको पामरमा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि यसअघिको सुनामीको खतरनाक चेतावनीलाई कम गरेको छ ।

‘उत्तर अमेरिकाका अन्य अमेरिकी र क्यानडेली प्रशान्त महासागरीय तटहरूमा सुनामीको कुनै खतरा छैन,” विज्ञप्तिमा भनिएको छ । अलास्का भूकम्पीय रूपमा सक्रिय प्यासिफिक रिङ अफ फायरको एक भाग हो । सन् १९६४ को मार्चमा ९.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो जुन उत्तरी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

यसले एन्कोरेजलाई तहसनहस पारेको थियो र अलास्काको खाडी, अमेरिकी पश्चिमी तट र हवाईमा सुनामी ल्याएको थियो । उक्त भूकम्प र सुनामीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ
४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
आँखा उपचार व्यवस्थित गर्न आँखा स्वास्थ्य नीति
आँखा उपचार व्यवस्थित गर्न आँखा स्वास्थ्य नीति
चुनावी हारको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा
चुनावी हारको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा
बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले
बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले
माओवादी र एमालेबिचको एकतामा शंका छैन : नेता नेपाल
माओवादी र एमालेबिचको एकतामा शंका छैन : नेता नेपाल
फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको नयाँ रहस्य
फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको नयाँ रहस्य

तपाईंले छुटाउनुभयो कि?