तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह

सारांश

  • गोदावरी ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती प्रादेशिक अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभावलाई चाँडै पूर्ति गर्न प्रदेश सरकार लागिपरेको बताए ।
  • आज सेती प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहलाई तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउने बर्ताए ।

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती प्रादेशिक अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभावलाई चाँडै पूर्ति गर्न प्रदेश सरकार लागिपरेको बताए ।

आज सेती प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहलाई तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउने बर्ताए । मुख्यमन्त्री शाहले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाह र व्यवस्थापकीय समस्या देखिएकाले तीन महिनाभित्र आवश्यक जनशक्तिसहित भौतिक पूर्वाधारमा सुधार ल्याउन प्रदेश सरकार अघि बढेको बताए ।

उहाँले बजेट अभावमा धेरै सेवा सुविधा थप्न नसकिने अवस्था भए पनि अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । मुख्यमन्त्री शाहले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहका बारेमा जनगुनासाहरू बाहिर आइरहेकाले ती गुनासा सम्बोधन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जिम्मेवार हुनुपर्ने बताए ।

मुख्यमन्त्री शाहले कर्मचारीको समस्यालाई सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर समाधान गर्ने बताए । अनुगमनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, सामाजिक विकासमन्त्री झपटबहादुर साउद पनि सहभागी थिए ।

अनुगमनमा पुग्नुभएका मुख्यमन्त्रीसहित मन्त्रीलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभाव रहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी
भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी
राष्फोर्ड रोनाल्डोको स्तरमा पुग्ने विश्वास
राष्फोर्ड रोनाल्डोको स्तरमा पुग्ने विश्वास
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित
गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि
२०२० कोरोना महाामरीको वर्ष, २०२१ भ्याक्सिनको वर्ष

तपाईंले छुटाउनुभयो कि?