अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ९, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ वैशाख ।
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ असोजमा झैं सरप्राइज दिने गरी उमाले–माओवादी केन्द्रबीच एकता हुने दावी गरेका छन्।
  • ‘एकता हुँदैन भनेको दिन हामीबीच एकता हुन्छ’ एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नपत्याउने गरी पहिले झैं ड्याम्मै एकता गर्नुपर्छ।

काठमाडौं, ९ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ असोजमा झैं सरप्राइज दिने गरी उमाले–माओवादी केन्द्रबीच एकता हुने दावी गरेका छन्।

‘एकता हुँदैन भनेको दिन हामीबीच एकता हुन्छ’ एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नपत्याउने गरी पहिले झैं ड्याम्मै एकता गर्नुपर्छ।’

‘पार्टी एकता हुन नदिन थुप्रै खेल भएको’ बताउँदै प्रचण्डले त्यसलाई चिरेर पनि पार्टी एकता हुने दावी गरे। भने, ‘अब तोकेको होइन नतोकिएको मितिमा एकता हुन्छ।’

‘एमालेलाई सकिन लागेको पार्टीसँग किन एकता गरेको भनिएको छ’ उनले सुनाए, ‘माओवादीलाई किन एमालेसँग एकता गरेको तपाईंहरुलाई सिध्याइदिन्छ भनिएको छ।’

एकताको वातावरण बनाउन उनले पार्टीका नेताकार्यकर्ताहरुलाई सकरात्मक भूमिका खेल्न पनि आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?