बजेट अभावमा कुटमेश्वरी पुल अलपत्र: हुलाकी राजमार्गका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २४, २०८३
|
|
३६ पटक हेरिएको
Shares
बजेट अभावमा कुटमेश्वरी पुल अलपत्र: हुलाकी राजमार्गका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

सारांश

  • हुलाकी राजमार्गअन्तर्गत जनकपुर-भिठ्ठामोड खण्डमा पर्ने बिगही खोलाको कुटमेश्वरी पुल निर्माण लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा र यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
  • महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित निर्माणाधीन पुल नबन्दा सीमावर्ती क्षेत्रको आवतजावत र व्यापारमा समेत असर परेको छ।
  • मुख्य सडक बने पनि पुल नबन्दा बालुवा र माटोको साँघुरो डाइभर्सनबाट जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

हुलाकी राजमार्गअन्तर्गत जनकपुर-भिठ्ठामोड खण्डमा पर्ने बिगही खोलाको कुटमेश्वरी पुल निर्माण लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा र यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित निर्माणाधीन पुल नबन्दा सीमावर्ती क्षेत्रको आवतजावत र व्यापारमा समेत असर परेको छ।

मुख्य सडक बने पनि पुल नबन्दा बालुवा र माटोको साँघुरो डाइभर्सनबाट जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। दैनिक लाग्ने सवारी जामका साथै वर्षायाममा बाढीले डाइभर्सन बगाउँदा एम्बुलेन्स, विद्यालयका सवारीसाधन तथा अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेका छन्।

रामजानकी निर्माण सेवाले वि.सं. २०७९ फागुनमा २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम सकिएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार बजेट अभावका कारण निर्माणले गति लिन सकेको छैन।

आयोजना प्रमुख कृष्णकुमार महतोका अनुसार पछिल्लो पटक तोकिएको २०८३ साउन ११ को म्याद नाघिसकेकाले केही महिनाका लागि पुनः म्याद थप गरी निर्माणलाई तीव्रता दिने तयारी भइरहेको छ। यद्यपि पटक-पटक म्याद थपिँदा पनि प्रगति नहुँदा नागरिकमा  निराशा छाएको छ।

स्थानीयले सम्बन्धित निकाय र ठेकेदारको ध्यानाकर्षण गराए पनि ढिलासुस्ती रोकिएको छैन। खोलामा पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम उच्च हुने भएकाले स्थानीयले पुल निर्माणलाई तत्काल प्राथमिकतामा राखी शीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?