अझै नियन्त्रणमा आएन आगलागी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
अझै नियन्त्रणमा आएन आगलागी

सारांश

  • गोरखा, १० पुस , उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् ।
  • अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो ।
  • ‘‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन्न प्रयास गरिरहेका छन्’’ उहाँले भन्नुभयो ।

गोरखा, १० पुस , उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो ।

‘‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन्न प्रयास गरिरहेका छन्’’ उहाँले भन्नुभयो । अहिलेसम्म कति हेक्टर जङ्गलमा आगो फैलिएको छ भन्ने कुनै यकिन हुन नसकेको लामाको भनाइ छ ।

मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जङ्गलमा भएको आगलागीको अवस्था बुझ्न कार्यालयबाट दुई कर्मचारी (रेञ्जर) त्यसतर्फ पठाइको भए पनि भौगोलिक विकटताका कारण आज अबेरसम्ममा मात्र त्यस क्षेत्रमा पुग्ने उहाँले बताउनुभयो । आगो वीरन्ेद्र तालतर्फ फैलिँदै गएको छ, आयोजना प्रमुख लामाले भन्नुभयो, “स्थानीयवासी साम्दोको जङ्गलमा पनि आगो फैलन्छ कि भनेर सर्तक भएर बसिरहेका छन् ।”

आगलागीबाट मनास्लु संरक्षण क्षेत्रभित्र रहेका अत्यन्तै दुर्लभ जातका जङ्गली जनाबर तथा चराचुरुङ्गी बढी जोखिममा परेको लामाको भनाइ छ । उक्त क्षेत्र कस्तुरीको बासस्थान क्षेत्र पनि हो । त्यहाँ हिमचितुवा, हिमाली थार, झारल तल्लो क्षेत्रमा कालोभालुलगायतका दुर्लभ जातका जङ्गली जनाबर र पशुपक्षी आगलागीको जोखिममा परेका छन् ।

स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिनसक्ने अवस्था नै नभएको जानकारी दिएको आयोजना प्रमुख लामाको भनाइ छ । ‘‘स्थानीयलाई अग्निरेखा बनाएर बस्न सल्लाह दिइरहेका छौँ, नाम्रुङ, फिलिमलगायतको प्रहरी चौकीबाट थप प्रहरी पठाएर सहयोग गर्न सकेको भए सजिलो हुन्थ्यो’’ उहाँले भन्नुभयो, “आगोले त्यस क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान
बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम
महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम
अब हलो जोत्ने हिरो
अब हलो जोत्ने हिरो
पहिलो एकदिवसीय जितसँगै नेपाल आईसीसी वरियतामा
पहिलो एकदिवसीय जितसँगै नेपाल आईसीसी वरियतामा
सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता
सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग

तपाईंले छुटाउनुभयो कि?