गच्छेदारलाई कांग्रेस प्रवेश : निल्नु न ओकल्नु !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
|
४५ पटक हेरिएको
Shares
गच्छेदारलाई कांग्रेस प्रवेश : निल्नु न ओकल्नु !

सारांश

  • काठमाडौं, ६ पुस ।
  • चुनावकै मुखमा पुरानै घर कांग्रेस फर्केका विजय गच्छेदारलाई अहिले फेरि कांग्रेस प्रवेश निल्नु न ओकल्नु भएको छ ।
  • सदावहार मन्त्रीका रुपमा देखिन रुचाउने गच्छेदार अबको ५ वर्ष सरकार बाहिर बस्नु पर्दाको पीडा त छँदैछ, त्यसमाथि पनि उनका आफ्ना मान्छेहरु प्रत्यक्ष वा समानुपातिक दुवैबाट सांसदका रुपमा नआएपछि उनी कांग्रेसभित्रै एक्लिने भएका छन् ।

काठमाडौं, ६ पुस । चुनावकै मुखमा पुरानै घर कांग्रेस फर्केका विजय गच्छेदारलाई अहिले फेरि कांग्रेस प्रवेश निल्नु न ओकल्नु भएको छ । सदावहार मन्त्रीका रुपमा देखिन रुचाउने गच्छेदार अबको ५ वर्ष सरकार बाहिर बस्नु पर्दाको पीडा त छँदैछ, त्यसमाथि पनि उनका आफ्ना मान्छेहरु प्रत्यक्ष वा समानुपातिक दुवैबाट सांसदका रुपमा नआएपछि उनी कांग्रेसभित्रै एक्लिने भएका छन् ।

जसका कारण कांग्रेस प्रवेश उनका लागि निल्नु न ओकल्नु सरह भएको उनी निकट स्रोत बताउँछ ।
प्रत्यक्षमा सिट जित्न नसकेपछि गच्छदार पक्षले समानुपातिकमा आफ्ना नेताहरु समावेश हुनपर्ने माग  उनले गरे पनि त्यसमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला कोही पनि सकारात्मक देखिएका छैनन् । तत्कालीन फोरम लोकतान्त्रिकका महासचिव रहिसकेका भर्तेन्दु मल्लिकले भने, ‘पार्टी एकीकरण हुँदा सात जना समानुपातिकमा दिने सहमति भएको थियो त्यसमध्ये दुई जनाको नाम मात्र हालिएपछि गच्छदारलाई छटपटी भएको छ । यी दुई जनालाई पनि दिएन भने पार्टी एकीकरणको कुनै अर्थ रहँदैन ।’ भन्दै उनले दुई जनालाई जसरी पनि समानुपातिक सांसद बनाउनुपर्ने दवाव दिएका छन् ।

‘पार्टी एकीकरण गरेर घाटा लागेको छ,’ मल्लिकले भने, ‘हामीले कांग्रेससँग एकीकरण नगरी कुनै अरु दलसँग तालमेल गरेर चुनाव लडेको भए यो भन्दा बढी सीट ल्याउथ्यौँ । तर कांग्र्रेससँग एकीकरण गर्दा प्रतिनिधिसभामा एक र प्रदेशसभामा एक गरी दुई जना मात्र जितेका छौँ । यो हाम्रो लागि घातक भयो । यो त ‘गहुँसँग घुन पिसिनु’ जस्तै भयो ।’ मधेशवादी दल वा वाम गठबन्धनसँग तालमेल गरेर चुनावमा गएको भए आफूहरुको पार्टी राष्ट्रिय पार्टीमा पनि कायम रहनको साथै सातदेखि आठ वटा सिट जित्ने दावी उनको छ ।

पार्टी एकीकरण गर्ने समयमा केन्द्रीय समितिमा १५ जना राख्ने सहमति भएको हो तर हालसम्म त्यो पनि कार्यान्वयन नभएको मल्लिकले गुनासो गरे ।

कपलेश्वर यादवले पनि कांग्र्रेससँग एकीकरण गरेर पार्टीले ठूलो मूल्य चुकाएको टिप्पणी गरे । ‘हाम्रो पार्टीको अवस्था त्यति खराब थिएन । एक्लै पनि चुनाव लडेको भए पाँच–सातवटा सीट जित्थ्यौं तर कांग्र्रेससँग एकीकरण गरेर जित्न सक्ने नेताहरु हार्नुभएको छ,’ उनले भने, ‘अब समानुपातिक सीट तथा पार्टीको समायोजनमा हामीप्रति अन्याय नहोस् भनि चाहन्छौ ।’

दोस्रो सविधानसभा चुनावमा गच्छदारले फोरम लोकतान्त्रिकलाई मधेशको पहिलो पार्टी बनाएका थिए । तर, पछिल्लो समय सत्ताको नजिक रहेका कारण थुप्रै जनाले उनको पार्टी छाडेर हिँडेका थिए ।
यता, सधैँ सत्ताको नजिक रहेका गच्छदार कांग्रेस पार्टीमा गएपछि उनी आफ्नो अनुकूल चलखेल गर्न पनि नपाउने भएका छन् । उनको आफ्नै पार्टी हुँदा जोसँग पनि सत्ताको बार्गेनिङ गरेर सरकारमा सहभागी हुने गरेका थिए । गच्छदारको अहिलेको प्रयास पनि कांग्रेस सरकारमा जाओस्  भन्ने नै छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका गच्छदारले मधेशवादी दल र माओवादी केन्द्रसँग मिलेर कांग्रेसले सरकार बनाउनुपर्छ भन्ने गृहकार्यमा लागेका छन् । दृष्टि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो
लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली
रवि लामिछानेको रुपन्देहीमा बयान सकियो
रवि लामिछानेको रुपन्देहीमा बयान सकियो
‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !
‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
किन हतार गर्ने भनेर ढिलै आएँ ,४ बजे मतदान गर्न पुगेका ओलीले भने
किन हतार गर्ने भनेर ढिलै आएँ ,४ बजे मतदान गर्न पुगेका ओलीले भने

तपाईंले छुटाउनुभयो कि?