पुल भत्किँदा स्थानीयवासीलाई सास्ती

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २४, २०७५
|
|
४४ पटक हेरिएको
Shares
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

पशुपतिनगर, २४ माघ, इलाम चुलाचुली गाउँपालिका–२ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन् ।

विसं २०७३ वैशाखबाट निर्माण शुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महीनामा पूरै भत्किएपछि जनताले समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा खोलामा पानी नभए पनि वर्षात् लाग्न थालेपछि जनताले समस्या भोग्नुपर्ने भएकाले पुनः पक्की पुल निर्माणका लागि पहल गरिरहेका छौँ । ”

चुलाचुलीमा सानाठूला करीब एक दर्जन खोला भए पनि चाजु खोला गाउँपालिकाको केन्द्र जाने बाटोमा पर्ने भएकाले त्यहाँ पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीवासी उद्धव न्यौपानेले बताउनुभयो । गलत इस्टिमेटका कारण सो पुल भत्किएको उहाँले जानकारी दिनुभयो । पुलको जग इस्टिमेटमा तीन मिटर मात्रै बनाइएकाले वर्षात्को पहिलो बाढीले नै भत्काएको स्थानीयवासी बताउँछन् ।

इलाम पहाडी क्षेत्र भनेर पुलको पिल्लरको जग तीन मिटर मात्रै राखेर इस्टिमेट बनाउँदा पुलको जग नै बलियो नभएको वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र लावतीले बताउनुभयो । उहाँले भन्नुभयो, “चुलाचुली गाउँपालिका समथर भूभाग भए पनि खोलाको बीचमा पुल बनाएका कारण पहिलोचोटी नै बाढीले भत्किएको हो ।” नवनिर्मित पुल २०४ मिटर लम्बाइको भए पनि अहिले पुलको एउटा टुक्रा मात्रै देखिन्छ । झोलुङ्गे पुल महाशाखा काठमाडौँको रु ७३ लाख बजेटमा सो पुल निर्माण भएको थियो ।

चुलाचुली गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म पुग्नका लागि निर्माण भएको पुल भत्किएरपछि यसपालिको वर्षात्मा कसरी खोला पार गर्ने भन्ने चिन्ता स्थानीयवासीको छ । वर्षौंको अथक प्रयासपछि निर्माण भएको पुल एक वर्षमै भत्किएपछि जनताको विकासको आशा सकिएको स्थानीयवासी बताउँछन् ।

पुल नहुँदा गाउँपालिकाको एकमात्र जनता मावि पढ्ने विद्यार्थी वर्षात्मा कसरी विद्यालय जोने भन्नेमा झनै चिन्तामा छन् । जनता माविमा अध्यनरत राजेन्द्र खनाल भन्नुहुन्छ, “वर्षात्का बेला खोलामा पुल नहुँदा धेरै दिन पढाइ छोड्नुपर्ने दिन आउँदैछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबार कस्तो रहला देशभरको मौसम?
आइतबार कस्तो रहला देशभरको मौसम?
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति जुराइँदै
ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति जुराइँदै
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
मन्त्रिमण्डल हेरफेर हुने, उपसभामुखलाई राजिनामा गराएर मन्त्री बनाउने तयारी
मन्त्रिमण्डल हेरफेर हुने, उपसभामुखलाई राजिनामा गराएर मन्त्री बनाउने तयारी
यूएई विरुद्धका खेलका यी हुन् नायकहरु, जसका कारण नेपालले जित्यो
यूएई विरुद्धका खेलका यी हुन् नायकहरु, जसका कारण नेपालले जित्यो
पाेखरा प्रिमियर लिग फाइनल Live
पाेखरा प्रिमियर लिग फाइनल Live
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत
मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत