उड्दै गरेको विमानको शौचालय भरिँदा सिटैसिटमा पुग्यो फोहोर, त्यसपछि….
सारांश
- एजेन्सी ।
- बिमानमा थोरै पनि फोहोर हुँदा पनि यात्रुलाई सकस पर्छ।
- चारैतिरका झ्याल ढोकाहरु बन्द गरिएका हुन्छन्।
एजेन्सी । बिमानमा थोरै पनि फोहोर हुँदा पनि यात्रुलाई सकस पर्छ। चारैतिरका झ्याल ढोकाहरु बन्द गरिएका हुन्छन्। केवल भित्रको हावाले मात्र स्वासप्रश्वास गर्नुपर्छ। त्यसैमा एउटा हवाईमा अचम्मको घटना सार्वजनिक भएको छ।
अघिल्लो शनिवार एयर इन्डियाको लन्डन दिल्ली फ्लाइट यात्रीहरूका लागि ओभरफ्लो भएको ट्वाइलेटको फोहरी पानी इकोनोमी क्लासको कार्पेट एरियामा आयो।
हवाईमा इकोनोमी क्लासमा यात्रीहरू खचाखच थिएनन्। त्यसैले विमान कर्मचारीहरूले यात्रुलाई अन्य सिटमा सारेका थिए। कार्पेटमा भरिएको पानीलाई कम्बल र कागजले छोपियो अनि यात्रीहरूको सुविधाका लागि लामो उडानका बेलामा घरिघरि अत्तर पनि छरियो।
विमानमा यो समस्या फेब्रुअरी ९ मा लन्डनबाट उडेलगत्तै शुरू भएको थियो। फ्लाइट प्राविधिक कारणले ढिलो भएपछि केही समयमै इकोनोमी क्लासको देब्रेतर्फ पानी रसाउन थाल्यो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया