आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ५, २०७९
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ।
  • नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो।

काठमाडौं। काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ।

नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो।

योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ। बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो। जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?