दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १०, २०७४
|
|
३४२ पटक हेरिएको
Shares

सारांश

  • इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा आइतबार बिहानै सवारी दुर्घटना भएको छ ।
  • दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते छन् ।
  • मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा२ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१९० नम्बरको ट्रक आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको हो ।

इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा आइतबार बिहानै सवारी दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते छन् ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा२ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१९० नम्बरको ट्रक आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको हो ।
दुर्घटनामा बा २ ख १९५८ नम्बरका ट्रक चालकको ज्यान गए पनि उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते छन् । घाइतेलाई उपचारका लागि धादिङ पठाइएको प्रहरी जनाएको छ ।

बिहान साढे ६ बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?