आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
|
४० पटक हेरिएको
Shares
आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • हिजो एकता घोषणा भएको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति आज सार्वजनिक हुँदैछ ।
  • दुई पार्टीका नेताहरु सम्मिलित केन्द्रीय समिति शुक्रवार सार्वजनिक गर्न थालिएको हो ।

काठमाडौं, ४ जेठ । हिजो एकता घोषणा भएको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति आज सार्वजनिक हुँदैछ । दुई पार्टीका नेताहरु सम्मिलित केन्द्रीय समिति शुक्रवार सार्वजनिक गर्न थालिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीमा विघटित एमालेका २ सय ४१ र माओवादी केन्द्रका २ सय सदस्य रहने छन् । सबै सदस्यले बिहीबारै शपथ लिएका थिए । तर वरियताक्रम मिलाउन बाँकी भएकाले नाम सार्वजनिक गरिएको थिएन । ४५ सदस्यीय स्थायी कमिटी, केन्द्रीय कमिटीको एक तिहाई अर्थात बढीमा १ सय ४५ सदस्यीय पोलिटब्युरो बन्ने बताइएको छ ।

आगामी तीन महिनामा पोलिटब्युरो गठन तथा प्रदेशलगायत सबै कमिटी एकीकरण गरिसक्ने अध्यक्ष पुष्पमकमल दाहाल “प्रचण्ड”ले बिहीबार नै घोषणा गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसंगठन तथा जनसम्पर्कका काम भने पेरिसडाँडाबाट हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?