नेपालमा चीन विरोधी गतिविधि नभएकोमा प्रशंसा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १८, २०७४
|
|
५१ पटक हेरिएको
Shares
नेपालमा चीन विरोधी गतिविधि नभएकोमा प्रशंसा

सारांश

  • काठमाडौं : चीननिकट नेपाल विज्ञ हु सिसेङले तिब्बतीको गैरकानुनी प्रवेश नियन्त्रणमा नेपालले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
  • नेपाल-चीन दौत्य सम्बन्धको ६२ औं वर्षगाँठका अवसरमा बेइजिङस्थित नेपाली दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा सिसेङले सन् १९७४ यता दलाई लामा नेपाल प्रवेश गर्न नसकेको समेत बताए ।
  • ‘नेपाल सरकार स्वतन्त्र तिब्बतका गतिविधि नियन्त्रण गर्न र तिब्बतीको गैरकानुनी प्रवेश रोक्न चीनसँग मिलेर काम गरिरहेका छन्’, उनले भने, ‘सन् २००५ यता नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या न्यून छ ।

काठमाडौं : चीननिकट नेपाल विज्ञ हु सिसेङले तिब्बतीको गैरकानुनी प्रवेश नियन्त्रणमा नेपालले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।नेपाल-चीन दौत्य सम्बन्धको ६२ औं वर्षगाँठका अवसरमा बेइजिङस्थित नेपाली दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा सिसेङले सन् १९७४ यता दलाई लामा नेपाल प्रवेश गर्न नसकेको समेत बताए । ‘नेपाल सरकार स्वतन्त्र तिब्बतका गतिविधि नियन्त्रण गर्न र तिब्बतीको गैरकानुनी प्रवेश रोक्न चीनसँग मिलेर काम गरिरहेका छन्’, उनले भने, ‘सन् २००५ यता नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या न्यून छ ।’

तत्कालीन राजा ज्ञानेन्द्रले लिएको कडा नीतिपछि गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या घट्न थालेको उनले बताए । ‘विगतमा वार्षिक सरदर २ हजार तिब्बती गैरकानुनी रूपमा नेपाल पसेर तेस्रो देश जाने गरेको भए पनि पूर्वराजा ज्ञानेन्द्रको शासनकालपछि संख्या घटेर एक सयमा झरेको छ’, उनले भने । नेपालले चीनबारे लिएको मित्रतापूर्ण नीतिकै कारण दलाई लामा कहिल्यै नेपाल प्रवेश गर्न नसकेको उनको भनाइ थियो । ‘सन् १९७४ यता नेपालले कुनै पनि चीनविरोधी गतिविधि आफ्नो भूमिमा हुन दिएको छैन । चीनलाई नेपालबाट कुनै समस्या आएन । चीन र नेपाल एकअर्काको आधारभूत स्वार्थका विषयमा संवेदनशील छन्’, उनले भने ।

नले चीनले भारत र नेपालसँगका मामिलामा व्यवहार गर्दा सतर्कता अपनाउनुका साथै कहिल्यै पनि नेपाललाई चीन र भारत कसैको पनि पक्ष लिन बाध्य नपारेको बताए । छिमेकी भारतसँगको हाम्रो सम्बन्ध भने बेलाबखत उत्पन्न हुने विवादका कारण अप्ठ्यारोमा पर्दै आएको उनले बताए । ‘म अहिले यो सोच्न थालेको छु कि पाकिस्तानले किन भारतसँगको सम्बन्ध सामान्यीकरण गर्नुअघि कास्मिर मुद्दा हल गर्न चाहन्छ । यस सन्दर्भमा चीन र भारतले उनीहरूको सम्बन्ध सामान्यीकरण अहिलेसम्म गर्न सकेका छैनन्’, भारत र चीनबीच डोक्लाम क्षेत्रको विवादबारे संकेत गर्दे उनले भने।

‘चीन र नेपालबीच विश्वासको आधारमा सम्बन्ध अघि बढेको छ भने हामी एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैनौँ । यसको एउटा प्रस्ट उदाहरण हो माओवादी नेतृत्वको १०बर्से द्वन्द्वमा चीनले कहिल्यै समर्थन गरेन’, उनले भने, ‘तर चीनले वार्तामार्फत द्वन्द्व समाधान गर्न राजनीतिक दलसँग यदाकदा आग्रहचाहिँ गरेको थियो । चीनले नेपालमा अहस्तक्षेपकारी नीति अख्तियार गरेको थियो ।’ चीनले माओवादीलाई कहिल्यै सहयोग नगरेको बताउँदै उनले नेपालको विकास र एकताका लागि माओवादीलाई हतियार बिसाउन र वार्तामार्फत मूलधारको राजनीतिमा जान प्रोत्साहनचाहिँ गरेको बताए ।अन्नपूर्णपोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरिजा हामी सबैको अभिभावक : अध्यक्ष दाहाल
गिरिजा हामी सबैको अभिभावक : अध्यक्ष दाहाल
त्रिविका परीक्षा २८ गतेदेखि
त्रिविका परीक्षा २८ गतेदेखि
केही कर्मचारीसामु घुँडा टेक्दै ‘शक्तिशाली’ सरकार
केही कर्मचारीसामु घुँडा टेक्दै ‘शक्तिशाली’ सरकार
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
शशाङ्क सभापति बन्ने पक्का, यस्ताे छ देउवाकाे रणनीति
शशाङ्क सभापति बन्ने पक्का, यस्ताे छ देउवाकाे रणनीति
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
दुई बालकको दुर्घटनामा ज्यान गयो
दुई बालकको दुर्घटनामा ज्यान गयो

तपाईंले छुटाउनुभयो कि?