कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २०, २०७३
|
|
११७४ पटक हेरिएको
Shares
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी

सारांश

  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र सार्वभौमिकताको पक्षमा उभिएर एउटै राष्ट्रिय तथा परराष्ट्र नीति बनाउन आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
  • शनिबार काठमाडौं समसामयीक अनुसन्धान केन्द्रले आयोजना गरेको ‘वर्तमान संविधान र राष्ट्रियता’ विषयक विचार गोष्ठिमा बोल्दै ओलीले राष्ट्रियता ‘गिभ एण्ड टेक’को विषय नभएको धारणा राखे ।
  • “अलिकति अरुको कुरा सुनौं भन्ने कुरा होइन ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र सार्वभौमिकताको पक्षमा उभिएर एउटै राष्ट्रिय तथा परराष्ट्र नीति बनाउन आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

शनिबार काठमाडौं समसामयीक अनुसन्धान केन्द्रले आयोजना गरेको ‘वर्तमान संविधान र राष्ट्रियता’ विषयक विचार गोष्ठिमा बोल्दै ओलीले राष्ट्रियता ‘गिभ एण्ड टेक’को विषय नभएको धारणा राखे । “अलिकति अरुको कुरा सुनौं भन्ने कुरा होइन । देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय स्वार्थका विषयलाई केन्द्रमा राखेर एउटै नीति बनाउन जरुरी हुन्छ,” उनले भने ।
ओलीले अहिले जनतामा आएको राष्ट्रियताको भावनालाई महेन्द्रीय राष्ट्रबाद भन्नु आलोचना गर्ने अर्को विषय नपाएर भनिएको आरोप हो भने ।
उनले कुनै पनि छिमेकीको आन्तरिक विषयमा नेपालले कहिलै पनि नबोलेको र उनीहरुका जायज चासो सम्बोधन गर्न तयार रहेकोे बताए । उनले भने “संविधानमा यस्तो लेख, चीनसँग सम्झौता गर्दा गर्नु असन्तुलित सम्बन्ध राख्यो भन्ने । अनि नाकाबन्दी लगाउनु चै नेपालको हितमा हो ?”
उनले सन्तुलित विदेश नीति लहडमा चल्ने विषय नभएकाले यसबारे गहन छलफल गरी बोल्नुपर्ने र बनाउनुपर्ने बताए । “चीनले भारतसँग पनि राम्रो सम्बन्ध राख भन्ने । भारतले भने चीनसँग सम्बन्ध राख्दा उता नजिक भयो भन्ने ?,” उनले भने, “यसकारण पनि नेपालको राष्ट्रिय भागना एउटै चाहियो । आन्तरिक राष्ट्रबादलाई मजबुद बनाउन जरुरी छ ।”
उनले एमालेले लिएको राष्ट्रियताको अडानमा कसेको विमति रहे छलफल गर्न तयार रहेको बताए । तर, कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक भएकाले मान्ने नहुने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोटमा २८ हल गोरु जुधाइँदै, यसरी गरिँदैछ व्यवस्थापन
नुवाकोटमा २८ हल गोरु जुधाइँदै, यसरी गरिँदैछ व्यवस्थापन
नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन, वर्षभरिका कामको अवलोकन (सम्बोधनको पूर्ण पाठ)
नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन, वर्षभरिका कामको अवलोकन (सम्बोधनको पूर्ण पाठ)
विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
पाकिस्तान नियन्त्रित काश्मिरमा सोह्रको मृत्यु
पाकिस्तान नियन्त्रित काश्मिरमा सोह्रको मृत्यु
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
घट्यो कुखुराको मासुको मूल्य, अहिले कति छ प्रतिकेजी  ?
घट्यो कुखुराको मासुको मूल्य, अहिले कति छ प्रतिकेजी ?
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?

तपाईंले छुटाउनुभयो कि?