मञ्चमा भाषण गर्दा गर्दै राजपा उपाध्यक्षको निधन

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ५, २०७६
|
|
३६ पटक हेरिएको
Shares
मञ्चमा भाषण गर्दा गर्दै राजपा उपाध्यक्षको निधन

सारांश

  • काठमाडौं।
  • मानिसको मृत्यु कहिले, कहाँ र कसरी हुन्छ ?
  • थाहा नै हुँदैन।

काठमाडौं। मानिसको मृत्यु कहिले, कहाँ र कसरी हुन्छ ? थाहा नै हुँदैन। तर मानिसले आफ्नो सहज मृत्युको कामना भने गर्छ। राष्ट्रिय जनता पार्टी (राजपा) का उपाध्यक्ष राजवंशी चौधरीको कार्यक्रममा भाषण गर्दा गर्दै निधन भएको छ। शनिबार ललितपुर राजपा जिल्ला अधिवेशनमा रोष्टममा बोल्दै गर्दा चौधरीलाई हृयदघात भएको थियो।

उनी बोल्दा बोल्दै मञ्च मै ढलेका थिए। उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषित गर्यो। राजपा महासचिव केशव झाका अनुसार राजपा ललितपुर जिल्ला अधिवेशन शनिबार ललितपुरको सिद्धार्थ कटेजमा चलिरहेको थियो। उनी रोष्टममा उभिएर सम्वोधन गरिरहेका थिए।

बोल्दा बोल्दै अचानक ढलेका उनलाई उपचारको लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्याइएको थियो। तर उनलाई अस्पतालले मृत घोषित गरेको थियो। राजपा केन्द्रीय उपाध्यक्षको निधन भएपछि राजपा ललितपुरको अधिवेशन स्थगित भएको छ। बारा जिल्लाका चौधरीको शवलाई परिवारजनले आज गृहजिल्ला लगेर अन्तिम संस्कार गर्ने महासचिव झाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?