एघार अर्ब बराबरको धितोपत्र सूचीकृत

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १८, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १८ मङ्सिर , नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
  • नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।
  • बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ ।

काठमाडौँ, १८ मङ्सिर , नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।

बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ । स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् ।

यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् । होटल तथा व्यापारिक संस्थाका चार÷चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् । स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?