बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

सारांश

  • चरिकोट, १६ असार ।
  • दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
  • उक्त दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

चरिकोट, १६ असार । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी जीपचालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९ र २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो । जीपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही जीपले किचेर मृत्यु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका–७ मार्वुबाट धानको भूस लिएर जिरी नगरपालिका–९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नं। को जीप आज बिहान ४ बजे खावा डाँडा नजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । जीप लामोसाँघु जिरी सडक अन्तर्गत खावा सडक खण्डस्थित वैत्यश्वर गाउँपालिका– ३ र ४ को बीचमापर्ने सडकबाट तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा परी जिरी नगरपालिका– ९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका– १ गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन् । घाइते सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
सांसद श्रेष्ठद्वारा अक्षयकोष स्थापना
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
महासचिव विष्णु पौडेलको जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन
महासचिव विष्णु पौडेलको जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन
काठमाडौँ उपत्यकामा निषेधाज्ञा उलंघन गर्ने हजारभन्दा बढि सवारी कारवाहीमा
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
राप्रपा संसदीय दलको नेतामा लिङ्देन चयन
राप्रपा संसदीय दलको नेतामा लिङ्देन चयन
आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?
आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?

तपाईंले छुटाउनुभयो कि?