प्रधानमन्त्री अाउने प्रधानसेनापति जाने !
सारांश
- काठमाडौं, ९ असार ।
- प्रधानमन्त्री केपी शर्मा ओली जुन दिन चीन भ्रमणबाट फर्कँदैछन्, त्यही दिन प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा प्रस्थान गर्ने भएका छन ।
- जंगी अड्डाले प्रधानसेनापति क्षेत्रीको चीन प्रस्थान मिति र प्रधानमन्त्री ओलीको नेपाल फर्कने मिति जुध्नुमा संयोग मात्रै भएको जनाएको छ ।
काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओली जुन दिन चीन भ्रमणबाट फर्कँदैछन्, त्यही दिन प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा प्रस्थान गर्ने भएका छन ।
जंगी अड्डाले प्रधानसेनापति क्षेत्रीको चीन प्रस्थान मिति र प्रधानमन्त्री ओलीको नेपाल फर्कने मिति जुध्नुमा संयोग मात्रै भएको जनाएको छ । सद्भावना आदानप्रदानका लागि विगतमा हुने भ्रमणको निरन्तरता प्रधानसेनापतिको यो भ्रमण रहेको पनि जंगी अड्डाले स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार पछिल्लो समयमा चिनियाँ सेनाले नेपाली सेनाको संरचना तथा बफादारिताका विषयमा रुचि बढाउन थालेको छ ।
गणतन्त्र स्थापना भएयता चिनियाँ सेनाको उच्चस्तरीय टोली धेरैपटक नेपाल आएको छ । अनौपचारिक कुराकानीका क्रममा चिनियाँ सेनाका अधिकारीहरूले नेपाली सेनाको संरचना तथा बफादारिताको विषयमा प्रशंसासमेत गर्ने गरेका छन् । चिनियाँ सेना पार्टीको सेना हो, चिनियाँ कम्युनिस्ट पार्टीले तयार गरेको जनमुक्ति सेना, जसलाई लाल सेना भनिन्छ, उसैले नै चीनको सुरक्षा गर्दै आएको छ । तर नेपाली सेना भने देश निर्माता हो । चिनियाँ सेनाले पार्टीप्रतिको सेनाको बफादारिताको विषयमा छलफल गर्न पठाएको एउटा प्रस्ताव नेपाली सेनाले अस्वीकार गर्दै चिनियाँ शासन पद्धति र नेपालको शासन पद्धति फरक भएकाले त्यो अनुभव आवश्यक नपर्ने बताएको समाचार स्रोतले बताएको छ ।
नेपालको वर्तमान भूगोलको निर्माण पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाली सेनाले निर्माण गरेको हो । आफ्नो बहादुरीको विषयमा नेपाली सेनाले विश्वमै गौरव हासिल गरेको छ । त्यही गौरवताका कारण चिनियाँ सेना पनि नेपाली सेनासँग सहकार्य गर्न उत्सुक देखिएको हो । नेपाल र चीनबीच संयुक्त सैनिक अभ्यासको सहमति भई कार्यक्रमसमेत निर्धारण भइसकेको छ । त्यसैको मिति तय गर्नेसमेत अन्य सिलसिलामा प्रधानसेनापति क्षेत्री चीन भ्रमणमा जान लागेको बुझिएको छ ।
प्रधानेसेनापति क्षेत्रीले गत जेठ २३ देखि २८ गतेसम्म दक्षिणको छिमेकी भारत भ्रमण गरेका थिए । भारतसँग अनौपचारिक वार्ता गरेर नाकाबन्दीको समस्या समाधान गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रधानसेनापति क्षेत्रीसँग निकै प्रभावित भएको चर्चा त्यतिबेला नै चलेको थियो ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै प्रधानसेनापति क्षेत्रीको भारत भ्रमणलाई पनि संयोग मानिएको थिएन । भारत भ्रमणका क्रममा क्षेत्रीले नेपालीको वीरताको गौरवसँग जोडिएको नालापानी किल्लाको भ्रमण गर्दै त्यहाँ रहेको बलभद्र कुँवरको शालिकमा माल्र्यापण गरेका थिए ।
क्षेत्री नालापानी भ्रमण गरी बलभद्र कुँवरको शालिकमा माल्र्यापण गर्ने नेपालको पहिलो प्रधानसेनापति हुन् । जब जब कार्यकाल अन्तिम अवस्थामा पुग्छ, तब तब प्रधानसेनापतिको विदेश भ्रमण छिटोछिटो हुने गर्दछ । प्रधानसेनापति क्षेत्रीको कार्यकाल पनि आगामी भदौमा समाप्त हुँदैछ ।
हाल प्रधानमन्त्री अाेली ६ दिने चिन भ्रमणमा छन ।
प्रतिक्रिया