निर्मलाका निम्ति न्याय :उदयपुर गाईघाट पनि प्रदर्शन
सारांश
- गाईघाट ३०,भदौ।
- अस्बिन खड्का.
- बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै आज शनिबार देशैभरि प्रदर्शन भइरहेको छ।
गाईघाट ३०,भदौ।अस्बिन खड्का.
बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै आज शनिबार देशैभरि प्रदर्शन भइरहेको छ। देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन हुने छ। केही ठाउँमा बिहानैदेखि प्रदर्शन समेत भइरहेका छन्।
निर्मला पन्तलाई न्यायको माग गर्दै आज शनिबार बिहान ८ बजे देखि उदयपुर को गाईघाटमा मा पनि प्रदर्शन गरीएको छ,जिल्ला मा रहेका महीला को अधिकार र हकहितको लागी लड्ने सस्था हरु,स्थानिय समाजका युवा हरु र बिभिन्न क्षेत्रमा काम गर्ने सरोकाल बाला मानिसको उपस्थित रहेको थियो,कार्यक्रम मा उपस्थित सबैले ५० दिन नाघीसक्दा पनि दोषीको पहिचान नहुनुले सबैमा बिभिन्न आशंका बढ्न थालेको कार्यक्रम मा उपस्थित हरु ले बताए ।
घटनामा उच्च तहकै व्यक्तिको संलग्नताको आशंका हुनसक्ने युवा एलबीन बस्नेत ले बताए।
प्रतिक्रिया