भेटीबाट सडकबत्ती जडान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
४१ पटक हेरिएको
Shares
भेटीबाट सडकबत्ती जडान

सारांश

  • काठमाडौं ।
  • म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।
  • गलेश्वर बजारको २।

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।

गलेश्वर बजारको २।५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिए ।

सडकबत्ती जडान गर्न कुल रु दुई लाख ३० हजार सात सय ५० खर्च भएको उनले जानकारी दिए । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र सवारीसाधनमा आवतजावतका लागि सहज भएको छ । ‘गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ’ अध्यक्ष रेग्मीले भने, ‘मर्मत र विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्छौँ ।’ सडकबत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताए ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

साउन महिनाको सोमबार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छः ज्ञवाली
पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छः ज्ञवाली
सञ्चिता लुईंटेलकाे चलचित्र प्रदर्शनको भोलिपल्टै हलबाट हटाइएपछि…
सञ्चिता लुईंटेलकाे चलचित्र प्रदर्शनको भोलिपल्टै हलबाट हटाइएपछि…
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले डिपोमा बसेर काम गर्ने
आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले डिपोमा बसेर काम गर्ने
उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार
उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार
सर्पले टोकेर मरेको भनिएकी महिला ४० वर्षपछि घर फर्किएपछि
सर्पले टोकेर मरेको भनिएकी महिला ४० वर्षपछि घर फर्किएपछि
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक