छोराको अप्रेसनपछि अस्पताल पुगेका सागर, र मनोज-बसन्तीले पाएको आत्मबलको कथा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २६, २०८३
|
|
४९ पटक हेरिएको
Shares
छोराको अप्रेसनपछि अस्पताल पुगेका सागर, र मनोज-बसन्तीले पाएको आत्मबलको कथा

सारांश

  • जिन्दगीको सबैभन्दा ठूलो परीक्षा तब सुरु हुन्छ, जब आफ्नै मुटुको टुकुडा अस्पतालको बेडमा छटपटाइरहेको हुन्छ।
  • हस्पिटलका चिस्यान भरिएका भित्ताहरू, औषधि र स्पिरिटको गन्ध, अनि ‘अप्रेसन थिएटर’ बाहिर ढुकढुक गरिरहेको एउटा बाबु र आमाको कलेजो।
  • टिकटकमार्फत सधैँ अरूको ओठमा मुस्कान फुलाउने चर्चित जोडी मनोज र बसन्तीका लागि विगतका केही दिनहरू यस्तै कहालीलाग्दा र तनावपूर्ण रहे।

जिन्दगीको सबैभन्दा ठूलो परीक्षा तब सुरु हुन्छ, जब आफ्नै मुटुको टुकुडा अस्पतालको बेडमा छटपटाइरहेको हुन्छ। हस्पिटलका चिस्यान भरिएका भित्ताहरू, औषधि र स्पिरिटको गन्ध, अनि ‘अप्रेसन थिएटर’ बाहिर ढुकढुक गरिरहेको एउटा बाबु र आमाको कलेजो। टिकटकमार्फत सधैँ अरूको ओठमा मुस्कान फुलाउने चर्चित जोडी मनोज र बसन्तीका लागि विगतका केही दिनहरू यस्तै कहालीलाग्दा र तनावपूर्ण रहे। उनीहरूका साना छोराको टाउकोको जटिल अप्रेसन गर्नुपर्ने भएपछि अप्रेसन थिएटरको ढोका बन्द हुँदा उनीहरूको सिङ्गो संसार नै थमिएजस्तै भएको थियो।

छोराको सफल उपचार र शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्दै अस्पतालको चिसो कोरिडोरमा टोलाइरहेका मनोज-बसन्तीका आँखामा केवल आँसु र छटपटी थियो। तर, मान्छे जब संकटको अन्धकारमा हुन्छ, तब निःस्वार्थ मायाका उज्यालो किरणहरू आफैँ झुल्किँदा रहेछन्। त्यस्तै अप्ठ्यारो घडीमा उनीहरूलाई हौसला दिन र दुःखमा आफ्नो काँध जोड्न लोकप्रिय कलाकार सागर लम्साल (बले) अस्पताल पुगेका थिए।

कलाकार सागर लम्सालको त्यो उपस्थिति केवल एउटा सामान्य भेट मात्र थिएन, त्यो त आड र भरोसाको ठूलो पहाड थियो। आफ्ना लागि टोलाएका मान्छेहरू मात्र होइन, दुःखको घडीमा सारथि बनेर उभिएका सयौँ मनहरू देख्दा बसन्तीको छाती भरिएर आयो। छोराको सफल अप्रेसनपछि हस्पिटलबाटै बसन्तीले भावुक हुँदै सामाजिक सञ्जालमा आफ्ना उद्गारहरू पोखेकी छन्।

उनले लेखेकी छन्, “मान्छेले जीवनमा कमाउने सबैभन्दा ठूलो सम्पत्ति भनेकै मान्छे रहेछ। पैसा कमाउनु ठूलो कुरा होइन, आफ्नो व्यवहार र मायाले असल मान्छे कमाउनु ठूलो कुरा हो। आज मैले कमाएका यति धेरै मान्छेको माया र साथ देख्दा मन खुसीले गदगद हुन्छ, यही नै मेरो जीवनको सबैभन्दा ठूलो कमाइ रहेछ।”

वास्तवमै पैसाले औषधि त किन्न सकिएला, तर आत्मबल, न्यानो साथ र प्रार्थना किन्न सकिँदैन। संकटको यो चुनौतीपूर्ण घडीमा मनोज र बसन्तीले आफूहरू एक्लो नभएको र आफूसँग हजारौँ मनहरूको निःस्वार्थ माया र आशिर्वाद रहेको महसुस गरेका छन्। अहिले साना नानी तीव्र गतिमा स्वास्थ्यलाभ गर्दैछन् भने धनभन्दा ठूलो मान्छे कमाएको यो प्यारा जोडी र उनीहरूका छोराको सुखद भविष्य तथा शीघ्र स्वास्थ्यलाभको कामना चौतर्फी भइरहेको छ।

यो कथा लेखक अशोक सुकुमारद्वारा प्रस्तुत गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?