मोरङमा निर्वाचनका लागि संयन्त्र गठन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २, २०७४
|
|
५१ पटक हेरिएको
Shares
मोरङमा निर्वाचनका लागि संयन्त्र गठन

सारांश

  • विराटनगर, २ असार ।
  • मोरङमा शान्तिपूर्ण ढङ्गले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक संयन्त्र गठन गरिएको छ ।
  • दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुन गइरहेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार मोरङका १३ दल सम्मिलित बंठकले सो संयन्त्र गठन गरेको हो ।

विराटनगर, २ असार । मोरङमा शान्तिपूर्ण ढङ्गले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक संयन्त्र गठन गरिएको छ ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुन गइरहेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार मोरङका १३ दल सम्मिलित बंठकले सो संयन्त्र गठन गरेको हो ।

सो संयन्त्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमसहितका दलहरु सहभागी भएका थिए ।

मोरङका एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकाका ६६९ वटा मतदान केन्द्रमा कुनै प्रकारको समस्या आएमा त्यसलाई तत्काल समाधान गर्ने उद्देश्यले सो संयन्त्रको गठन गरिएको हो । यसका साथै, मतदान प्रक्रियालाई व्यवस्थित गर्न निर्वाचन कार्यालयसँग समन्वयसमेत गर्ने बताइएको छ ।

यसका साथै निर्वाचन आचारसंहितालाई समेत दलहरुले पालना गर्ने विषयमा पनि उक्त बैठकमा छलफल भएको थियो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउनमा दलहरुको भूमिका महत्वपूर्ण रहेको बताउए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
नेपालगञ्जको मेडिकलमा आगलागी
नेपालगञ्जको मेडिकलमा आगलागी
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
यी ३ राशीका पुरुषप्रति किन युवती भुतुक्कै हुन्छन् ?
यी ३ राशीका पुरुषप्रति किन युवती भुतुक्कै हुन्छन् ?
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी

तपाईंले छुटाउनुभयो कि?