प्रहरी जवानसहित तीनजना युवाको मृत्युले शोकमा गाउँ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
६५ पटक हेरिएको
Shares
प्रहरी जवानसहित तीनजना युवाको मृत्युले शोकमा गाउँ

सारांश

  • भैरहवा।
  • कोटहीमाई गाउँपालिका-१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए।
  • परिवारसँग दशैं मनाउन गाउँ आएका थिए।

भैरहवा। कोटहीमाई गाउँपालिका-१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए। परिवारसँग दशैं मनाउन गाउँ आएका थिए। दशैंको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ कहिल्यै नफर्कने गरी गए।

कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उनको मृत्यु भयो। उनीसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो। मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाए।

कोटहीमाई गाउँपालिकाकै वडा-५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ। दशैंको टीकाका दिन अमरगञ्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए।

प्रत्यक्षदर्शी राजदेव भरका अनुसार मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले।

“अगाडि गहिरो थियो, त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाले”, राजदेवले भने, “प्रहरीमा अजयले उनलाई ताने, लगत्तै अर्का युवा अजय भर पनि डुब्न थाले, उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीनजना नै डुबे।”

दानव नदी गहिरो रहेको र तत्काल कोही पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको उनको भनाइ छ। दुर्गा मूर्ति बिसर्जनमा गएका कोटहीमाई गाउँपालिका-१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु हुन पुग्यो।

दशैंको दश दिनसम्म हर्षोल्लास गरी दशैं मनाएका यी तीनजना गाउँले युवाहरू एकैसाथ अस्ताए। तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ।

डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ। उनको शव फेला पर्दासम्म उनकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो।

प्रहरी जवान अजयकुमार नाउको डेढ वर्षअघि मात्र विवाह भएको थियो। बाँकी दुईजना अविवाहित थिए। “दुर्गा मूर्ति विसर्जनमा युवाहरूमा अर्कै जोस हुन्छ”, कोटहीमाई गाउँपालिका-१ का वडा अध्यक्ष राजेश गुप्ताले भने, “यो दुर्घटनाले हामीलाई गम्भीर बनाएको छ, आगामी दिनमा यससम्बन्धी कठोर कदम चाल्नैपर्ने देखिएको छ।” उनले विसर्जनअघि स्थानीय युवासँग यस विषयमा छलफल पनि गरेको दाबी गरे।

इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले व्यस्थापनमा कुनै कमी नरहेको दाबी गरे। “यसअघिका वर्षमा नदी वारि घटना हुने गरेको थियो, हामीले सोहीअनुसार तयारी गरेका थियौं”, उनले भने, “नदीमा निश्चित क्षेत्रसम्म जान मिल्ने गरी भीड व्यवस्थापन गरेका थियौं।” दानव नदी पारि कोटहीमाई गाउँपालिका-५ को क्षेत्र इलाका प्रहरी कार्यालय लुम्बिनीअन्तर्गत पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
Celebrity chef Anthony Bourdain found dead in France at 61
Celebrity chef Anthony Bourdain found dead in France at 61
प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र
प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
रासायनिक मलरहितको गाउँपालिका बनाइने
रासायनिक मलरहितको गाउँपालिका बनाइने
पुनर्निर्माण कार्यको गतिप्रति चौतर्फी निराशा
पुनर्निर्माण कार्यको गतिप्रति चौतर्फी निराशा
अफगान कारागारमा आइएसको हमला, २० जना मारिए
अफगान कारागारमा आइएसको हमला, २० जना मारिए
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
जाने होइन त अटोमोबाइल कार्निभल मेला हेर्न आज शनिबार अन्तिम
जाने होइन त अटोमोबाइल कार्निभल मेला हेर्न आज शनिबार अन्तिम

तपाईंले छुटाउनुभयो कि?