उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ५, २०८०
|
|
५३ पटक हेरिएको
Shares
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

सारांश

  • सियोल।
  • उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।
  • संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल–५–२३’ को महत्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

सियोल। उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।

संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल–५–२३’ को महत्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

गत वर्षको सुरुमा प्योङयाङले ‘रेडियोधर्मी सुनामी’ निम्त्याउन सक्ने दाबी गर्दै पानीमुनि आणविक हमला गर्ने कैयौँ ड्रोनको परीक्षण गरेको बताएको थियो ।

विश्लेषकहरूले प्योङयाङसँग त्यस्तो हतियार छ कि छैन भनेर प्रश्न उठाएका छन् ।

यसै साताको सुरुमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको जलक्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।

उक्त अभ्यासमा विमानवाहक युद्धपोत ‘युएसएस कार्ल भिन्सन’सहित तीन देशका नौ युद्धपोत सहभागी थिए ।

प्योङयाङको रक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार भने, “यो सैन्य अभ्यासले क्षेत्रीय स्थितिलाई थप अस्थिर बनाउने काम गरेको छ र यो उत्तर कोरियाको सुरक्षालाई गम्भीर खतरामा पार्ने कार्य हो ।”

उत्तर कोरियाले गरेको परीक्षणले ‘हाम्रो सेनाको पानीमुनि हान्नसक्ने आणविक हतियारमा आधारित प्रतिकारात्मक अवस्थालाई थप नजिक ल्याएको छ र यसले अमेरिका र उसका सहयोगीहरूको शत्रुतापूर्ण सैन्य युद्धाभ्यासलाई रोक्ने कायलार्ई जारी राख्नेछ,” प्रवक्ताले भने।

हालैका महिनाहरूमा दुई कोरियाबीचको लामो समयदेखि तनावपूर्ण रहँदै आएको सम्बन्धमा तीव्र गिरावट आएको छ, दुवै पक्षले तनाव कम गर्ने प्रमुख सम्झौताहरू खारेज गरेका छन्, सीमा सुरक्षालाई बढावा दिएका छन् र सीमामा प्रत्यक्ष आक्रमणका अभ्यासहरू सञ्चालन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गत साता दक्षिण कोरियालाई आफ्नो देशको ‘प्रमुख शत्रु’ घोषणा गरेका थिए भने पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
पूर्व अख्तियार प्रमुख दीप बस्न्यात ५ लाख धरौटीमा रिहा
पूर्व अख्तियार प्रमुख दीप बस्न्यात ५ लाख धरौटीमा रिहा
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
लगातारको वर्षाले त्रिभूवन विमानस्थलको उडान अवरुद्ध
लगातारको वर्षाले त्रिभूवन विमानस्थलको उडान अवरुद्ध
मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन
मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?

तपाईंले छुटाउनुभयो कि?