भरतपुरकी मेयर रेणु दाहालको यस्तो रह्यो ४० दिने कार्यभार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २९, २०७४
|
|
६४ पटक हेरिएको
Shares
भरतपुरकी मेयर रेणु दाहालको यस्तो रह्यो ४० दिने कार्यभार

सारांश

  • भरतपूर ।
  • महानगरको मेयरमा निर्वाचित भएसँगै साउन २१ गते पदभार ग्रहण गर्दै रेणु दाहालले भरतपुर अस्पतालमा सेवा लिन आउने महिला र जेष्ठ नागरिकहरुलाई ओपिडी टिकट निशुल्क गर्ने निर्णय गरेकी थिइन ।
  • उक्त निर्णय कार्यन्वयमा आएसँगै लोकप्रियता बढेको छ ।

भरतपूर । महानगरको मेयरमा निर्वाचित भएसँगै साउन २१ गते पदभार ग्रहण गर्दै रेणु दाहालले भरतपुर अस्पतालमा सेवा लिन आउने महिला र जेष्ठ नागरिकहरुलाई ओपिडी टिकट निशुल्क गर्ने निर्णय गरेकी थिइन । उक्त निर्णय कार्यन्वयमा आएसँगै लोकप्रियता बढेको छ । पदभार ग्रहण गरे लगत्तै श्रावण २७ र २८ गते आएको अबिरल बर्षा पछि भरतपुर महानगरका १३, २२, २७ र २८ वडाहरू डुबानमा परे ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकको अध्यक्षता गर्दै श्रावण २९ गते मेयर दाहालले बाढी पिडितको उद्धार र राहत व्यवस्थापनमा लाग्न सम्बन्धित निकायलाई तत्काल निर्देशन दिइन । साथै डुबान क्षेत्रमा अति जोखिममा परेका ३ सय भन्दा बढि विद्यार्थीहरुलाई उद्धारका लागि हेलिकप्टरद्धारा सुरक्षित स्थल तर्फ सारियो ।

भाद्र ४ मा सम्पन्न महानगरको बोर्ड बैठकले बाढि पिडितका लागि राहत र क्षतिपूर्ती दिनका लागि प्रकृया अगाडि बढाउने निर्यण गर्यो । साथै बाढिका कारण क्षति भएका सार्वजनिक सरोकारका बाटो पुल लगाएतका भौतिक संरचनाहरुलाई यथावत स्थितिमा सुचारु बनाउन वडा कार्यलयहरुलाई निर्देशन सहित बजेट विनियोजन भयो ।

भरतपुर केन्द्रिय बस टर्मिनल र पोखरा बसपार्कमा वाईफाईको व्यवस्था गर्ने निर्णय कार्यन्वयनको प्रकृयामा छ, भने महानगर क्षेत्रमा रहेका नियन्त्रीत पशु चैपायाहरुको व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ ।
महानगरको ट्राफिक व्यवस्थापनका लागि सवारी पार्किङलाई व्यवस्थित बनाउने उदेश्य सहित नारायनगण, शहिदचोक, लायन्सचोक, चौबिसकोठी, र भरतपुर गेस्ट हाउस चौरलाई प्रयोगमा ल्याउने निर्णय असोज १ गते देखि लागु गर्ने निर्णय महानगरले गरेको छ । साथै तीनपाङ्ग्रे सवारीका लागि जोर र विजोर नम्बर प्लेटका आधारमा संचालनमा ल्याउने तयारी महानगरको छ ।

भरतपुर महानगरपालिकाको ऐकिकृत बिकासकालागी २ अर्ब रूपैयाँ विनयोजन भएको छ । भाद्र २३ मा सम्पन्न एकिकृत सहरी बिकास सम्बन्धि अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उपस्थित भएका थिए । अन्तरकृया कार्यक्रममा शहरी बिकास मन्त्री प्रभू शाह , भवन बिभागका निर्देशक लगाएत केहि संसदहरूको समेत सहभागिता रहेको थियो ।

महानगरबासीको गुनासा सुन्ने र सम्बोधन गर्न सकिने विषयलाई सम्बोधनको चरणमा लैजाने काम भएको मेयर दाहलले बताइन । यसै विचमा महानगरको भौतिक पूर्वाधारहरुको विकास र चुनौतिहरुको पहिचान गर्ने काम भईरहेको मेयर दाहालले जानकारी दिइन ।

फलफूल तथा तरकारी बजारको ब्यावस्थापन, बिज्ञापन कर निर्धारणका साथै महानगरपालिका क्षेत्र भित्र रहेका सार्बजनिक जमिनहरूको खोजबिन गरी महानगर माताहत ल्याउने निर्णय भएको मेयर दाहाले बताइन ।

नेपाल ट्रस्टको मातहातमा रहेको दियालो बंगला क्षेत्रका जमिनहरू महानगरपालिका माताहत त्याइ बहुआयामिक क्षेत्रको रूपमा बिकास गर्ने निर्णय भएको र स्मार्ट सिटीका रुपमा विकास गर्ने योजना सहित छलफललाई तिव्रता दिएको मेयर दाहालले बताइन । ४० दिने कार्य प्रगति सुनाउँदै मेयर रेणुले भरतपुरको विकास परियोजनालाई अँझ बढि सक्रियताका दिन आफु लागि पर्ने र नमुना सहरका रुपमा विकास गर्ने दावी गरिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
विप्लवको बन्दको सामान्य प्रभाव
विप्लवको बन्दको सामान्य प्रभाव
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
राष्ट्रपतिद्वारा वातावरण सुधार्न आग्रह
राष्ट्रपतिद्वारा वातावरण सुधार्न आग्रह
लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट !
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण
प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
पार्टीको सदस्य सङ्ख्या घटेको छैन : एमाले
पार्टीको सदस्य सङ्ख्या घटेको छैन : एमाले

तपाईंले छुटाउनुभयो कि?