जितपुर उपमहानगरमा भोजपुरीलाई कामकाजको भाषा बनाइने
सारांश
- बारा, असोज १० – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भोजपुरी भाषालाई कामकाजको भाषा बनाइने भएको छ ।
- नवनिर्वाचित मेयर डा.
- कृष्ण पौडेल र उपमेयर सरस्वती चौधरीसहितका पदाधिकारीले मंगलबार पदभार ग्रहण गर्नुहुँदै भोजपुरी भाषालाई कामकाजको भाषा बनाउन उपमहानगरपालिकाका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
बारा, असोज १० – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भोजपुरी भाषालाई कामकाजको भाषा बनाइने भएको छ । नवनिर्वाचित मेयर डा. कृष्ण पौडेल र उपमेयर सरस्वती चौधरीसहितका पदाधिकारीले मंगलबार पदभार ग्रहण गर्नुहुँदै भोजपुरी भाषालाई कामकाजको भाषा बनाउन उपमहानगरपालिकाका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
जिल्लाको प्रमुख भाषा भोजपुरी भएकाले भोजपुरीलाई कामकाजको भाषा बनाउन प्रमुख पौडेलले कर्मचारीलाई निर्देशन दिनुभयो । सपथ कार्यक्रममा प्रमुख पौडेलले सामाजिक सुरक्षाभत्ता घरदैलोमै पुगेर वितरण गरिने घोषणसमेत गर्नुभयो । सबै दलसँग सहकार्य गरेर नगर क्षेत्रको विकासको लागि कार्य गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया