एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?

सारांश

  • नेकपा एमालेसँग पार्टी एकताको विषयले नेकपा माओवादी केन्द्रमा विद्रोहको अवस्था सिर्जना भएको छ ।
  • अधिकांश नेता कार्यकर्ता पार्टी एकीकरणको विपक्षमा रहेका बेला एक जना केन्द्रीय नेताले विद्रोहको चेतावनी दिँदै एमालेसँग पार्टी एकताको कडा शब्दमा विरोध गरेका छन् ।
  • नेता गोपाल किराँतीले यो एकता प्रक्रिया एमालेमा माओवादीको विलय हो भन्दै विद्रोहको संकेत गरेका छन् ।

नेकपा एमालेसँग पार्टी एकताको विषयले नेकपा माओवादी केन्द्रमा विद्रोहको अवस्था सिर्जना भएको छ ।अधिकांश नेता कार्यकर्ता पार्टी एकीकरणको विपक्षमा रहेका बेला एक जना केन्द्रीय नेताले विद्रोहको चेतावनी दिँदै एमालेसँग पार्टी एकताको कडा शब्दमा विरोध गरेका छन् ।

नेता गोपाल किराँतीले यो एकता प्रक्रिया एमालेमा माओवादीको विलय हो भन्दै विद्रोहको संकेत गरेका छन् । उनले माओवादी केन्द्र र एमालेबीच एकता गर्ने र एमालेको घाम चिन्हमा चुनाव लड्नुपर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव नेपालको आन्तरिक राष्ट्रियता (पहिचान) विरोधी र मारक्सवाद, लेनिनवाद र माओवाद विरोधी रहेको तर्क गरेका छन् । उनले यो कथित एकता वस्तुतः एमालेमा माओवादीको विलय हो भनेका छन् ।

साथै एमालेसँग एकता गर्न लागिपरेका माओवादी नेताहरुलाई दक्षिणपन्थी आत्मसमर्पणवादको संज्ञा दिँदै त्यसविरुद्ध क्रान्तिकारीहरु एकजुट हुन आह्वान गरेका छन् ।

यसबाट उनले पार्टी एकता भए आफू एमालेमा नजाने र माओवादी फुटाएर एकताबाट असन्तुष्ट नेता कार्यकर्ताको नेतृत्व गर्दै अघि बढ्ने संकेत गरेका छन् । किराँतीको विद्रोहलाई अधिकांश कार्यकर्ताले समर्थन गरेका छन् ।

नेता किराँती र अधिकांश नेता कार्यकर्ताको विरोध र असन्तुष्टिका बाबजुद एमालेसँग पार्टी एकता होला कि रोकिएला त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Dia Mirza’s ‘Tip-Tip barsa paani’ and Shraddha’s ‘Tareefan’ are breaking the internet, watch
Dia Mirza’s ‘Tip-Tip barsa paani’ and Shraddha’s ‘Tareefan’ are breaking the internet, watch
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला…
हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला…
3 foreign tourists arrested for proselytizing .
3 foreign tourists arrested for proselytizing .
प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार
प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ
हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने
सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने
सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू

तपाईंले छुटाउनुभयो कि?