प्रतिनिधिसभा चुनावका लागि केपी शर्मा ओली र वामदेव गौतम कहाँ , कहाँ बाट लड्दै छन ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १८, २०७४
|
|
६५ पटक हेरिएको
Shares
प्रतिनिधिसभा चुनावका लागि  केपी शर्मा ओली र वामदेव गौतम  कहाँ , कहाँ बाट लड्दै छन ?

सारांश

  • आश्विन १८, २०७४-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने संसदीय चुनावमा झापा क्षेत्र नम्बर ५ बाट उठ्ने भएका छन् ।
  • एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समितिको मंगलबार बसेको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
  • समिति संयोजक होमबहादुर थापाका अनुसार उक्त क्षेत्रबाट प्रतिनिधिसभा चुनावका लागि पार्टी अध्यक्ष आफै इच्छुक भएकोले उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
आश्विन १८, २०७४-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने संसदीय चुनावमा झापा क्षेत्र नम्बर ५ बाट उठ्ने भएका छन् । एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समितिको मंगलबार बसेको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो । समिति संयोजक होमबहादुर थापाका अनुसार उक्त क्षेत्रबाट प्रतिनिधिसभा चुनावका लागि पार्टी अध्यक्ष आफै इच्छुक भएकोले उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
उक्त क्षेत्रबाट अध्यक्ष ओलीले लगातार चुनाव जित्दै आएका छन् । उनले ०६४ को पहिलो संविधानसभा चुनावबाहेक उक्त क्षेत्रबाट ४ पटक चुनाव जितिसकेका छन् । यसैबीच एमाले झापाले प्रतिनिधिसभा चुनावका लागि अन्य उम्मेदवारको पनि टुंगो लगाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समितिहरूको बैठकले जिल्लाको ५ वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो । एमालेले क्षेत्र नं. १ मा गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं. २ मा महिला उम्मेदवार पवित्रा निरौला खरेल, ३ मा पुष्पराज पोखरेल, ४ मा लालप्रसाद (एलपी) सावाँ र ५ मा पार्टी अध्यक्ष ओलीलाई उम्मेदवार बनाउने निर्णय भएको सांसद दीपक कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका लागि बुधबार बेलुकासम्म उम्मेदवार टुंगो लाग्नेछ । संघ र प्रदेशको प्रत्यक्ष तथा दुर्वतर्फका समानुपातिक उम्मेदवारको टुंगो २० गतेभित्रमा लगाउने गरि छलफलहरू भइरहेको सांसद कार्कीले बताए ।

माओवादी केन्द्रले पनि जिल्लामा उम्मेदवार टुंगो लगाएको छ । उसले प्रतिनिधि सभा चुनावमा क्षेत्र नं. १ बाट बोधराज दाहाल, २ बाट धर्मशीला चापागाई, ३ बाट मोहन टुडु, ४ बाट झलकसिंह दर्लामी र ५ बाट रेवतराज पुरी (गगन) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं. १ को १ बाट माधव अर्याल र २ बाट संजोग भण्डारी, क्षेत्र नं. २ को १ बाट ज्योर्तिसिंह दर्लामी र २ बाट कुवेर श्रेष्ठ, क्षेत्र नं. ३ को १ बाट हिक्मत घिमिरे र २ बाट पुजा खनाल, क्षेत्र नं. ४ को १ बाट विजय साम्पाङ र २ बाट अमन राजवंशी तथा क्षेत्र नं. ५ को १ बाट सीताराम अधिकारी र २ बाट बिरेन्द्र बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसले बुधबार उम्मेदवारको टुंगो लगाउने जनाएको छ । स्थानीय तह चुनाव अनुसार जिल्लामा तेस्रो स्थानमा रहेको राप्रपा भने २२ गतेभित्र उम्मेदवार टुंगो लगाउने तयारीमा छ ।

वामदेव बर्दियाबाट उठ्ने

गुलरिया– एमाले जिल्ला कमिटीले उपाध्यक्ष वामदेव गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउन सर्वसम्मत सिफारिस गरेको छ । पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले सर्वसम्मतिमा गौतमको नाम छानेको हो । दोस्रो संविधानसभा निर्वाचनमा गौतम बर्दिया र प्युठान दुवै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले एक क्षेत्र छाड्नुपरेकाले बर्दिया छाडेका थिए । क्षेत्र नम्बर १ बाट एमालेका कुनै पनि आकांक्षी नभएकाले गौतमको नाम सर्वसम्मतबाट पारित गरिएको पार्टी अध्यक्ष हरिप्रसाद ज्ञवालीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
प्रधानमन्त्री मोदीको भ्रमण : विगतको भन्दा पृथक
प्रधानमन्त्री मोदीको भ्रमण : विगतको भन्दा पृथक
राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन
१२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण आजदेखि सुरु
१२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण आजदेखि सुरु
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
दुर्घटनाबाट जोगियो जेट एयर
दुर्घटनाबाट जोगियो जेट एयर
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

तपाईंले छुटाउनुभयो कि?