लोकतान्त्रिक शक्तिलाई जिताउन राप्रपाको अपिल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
६० पटक हेरिएको
Shares
लोकतान्त्रिक शक्तिलाई जिताउन राप्रपाको अपिल

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले केही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टीलाई कुनै असर नपर्ने जनाएको छ ।
  • बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले केही व्यक्तिले गरेको हर्कतले पार्टी कति पनि विचलित नभएको जनाएको छ ।
  • आयातीत र स्वार्थी व्यक्ति कुनै पनि पार्टीमा धेरै दिन नटिक्ने भएकाले राप्रपालाई कुनै नोक्सान नभएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले केही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टीलाई कुनै असर नपर्ने जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले केही व्यक्तिले गरेको हर्कतले पार्टी कति पनि विचलित नभएको जनाएको छ । आयातीत र स्वार्थी व्यक्ति कुनै पनि पार्टीमा धेरै दिन नटिक्ने भएकाले राप्रपालाई कुनै नोक्सान नभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमै संस्थापक नेताहरु र युवा नेताहरुले पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेपछि राप्रपा बैतडीले कुचोले बढार्नुपर्ने फोहोर हावाले उडाएर लगेको टिप्पणी गरेको छ ।

पार्टीका पूर्वअध्यक्षलगायत एक दर्जन संस्थापक नेताले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको एक हप्तापछि बुधबार मात्रै राप्रपाका सुदूरपश्चिम सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाइ’ लगायतका कार्यकर्ताले राप्रपा त्यागेर वाम गठबन्धनमा प्रवेश गरेका थिए ।

त्यसको भोलिपल्टै बिहीबार राप्रपाले प्रेस विज्ञप्ति निकाल्दै आफ्नो पार्टी मुद्दाको हिसाबले बलियो रहेको र कट्टर राष्ट्रवादी नेताहरु पार्टीमा रहेकाले पार्टी कुनै हिसाबले पनि कमजोर नभएको दाबी गरेको छ । राप्रपाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेससंग गठबन्धन भएअनुसार लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरेको छ ।

कांग्रेससंग तालमेल गरेपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा राप्रपाले नेता गणेशबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । ‘बैतडी जिल्लामा राष्ट्रवादी र स्वच्छ छवि भएको पार्टी राप्रपा मात्रै रहेकाले हिन्दू राष्ट्र जोगाउन लोकतान्त्रिक गठबन्धनलाई सघाउन अनुरोध गर्दछौँ’– जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

बैतडीमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभाका लागि बैतडी ‘क’ मा नेपाली काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’ मा राप्रपाका गणेशबहादुर चन्द चुनावी मैदानमा रहेका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
मेची भन्सारबाट रु १४ अर्ब राजस्व सङ्कलन
मेची भन्सारबाट रु १४ अर्ब राजस्व सङ्कलन
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
फर्केर हेर्दा २०७४ सालका महत्वपूर्ण घटनाहरु
फर्केर हेर्दा २०७४ सालका महत्वपूर्ण घटनाहरु
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
पाकिस्तानलाई चिठ्ठा पर्यो !
पाकिस्तानलाई चिठ्ठा पर्यो !

तपाईंले छुटाउनुभयो कि?