गोविन्दराज जोशीको उम्मेदवारी खारेज

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १८, २०७४
|
|
५३ पटक हेरिएको
Shares
गोविन्दराज जोशीको उम्मेदवारी खारेज

सारांश

  • तनहुँ क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको मनोनयन निर्वाचन आयोगले रद्द गरेको छ ।
  • मुलुकभर ५ जनाको उम्मेदवारी रद्द गर्दै सम्बन्धित मूख्य निर्वाचन कार्यालयले आज उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
  • भ्रष्टचारसम्बन्धी मुद्दा किनारा नलागेको भन्दै कांग्रेस बरिष्ठ नेता समेत रहेका सोही क्षेत्रका उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरीका आधारमा आयोगले आज जोशीको उम्मेदवारी रद्द गरेको हो ।

तनहुँ क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको मनोनयन निर्वाचन आयोगले रद्द गरेको छ । मुलुकभर ५ जनाको उम्मेदवारी रद्द गर्दै सम्बन्धित मूख्य निर्वाचन कार्यालयले आज उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

भ्रष्टचारसम्बन्धी मुद्दा किनारा नलागेको भन्दै कांग्रेस बरिष्ठ नेता समेत रहेका सोही क्षेत्रका उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरीका आधारमा आयोगले आज जोशीको उम्मेदवारी रद्द गरेको हो । जोशीलाई विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद फैसला सुनाएपनि उहाँले पुनरावेदन दिनुभएको थियो । जिल्ला निर्वाचन कार्यालयले जोशी सम्बन्धमा निर्णय गर्ने अधिकार दिएपछि केन्द्रिय कार्यालयले काठमाठौंमा सो निर्णय गरेको हो ।

ललितपुर निर्वाचन कार्यालयले भने बामगठबन्धनबाट क्षेत्र नम्बर एकमा उम्मेदवारी दिएका पूर्व डीआईजी नवराज सिलवालको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ । यस्तै रौतहटका भोजेन्द्र ठाकुर लोहार, कास्कीका टीकाराम पंगेनी, नवलपरासी पश्चिमका ऋषिराम पौडेल र मोरङका नसरुल मियाँको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ । उनीहरु विरुद्ध आधिकारिकता, बहुविवाह लगायत उजुरी परेका थिए । उजुरी उपयुक्त नभएको भन्दै सिलवालसहित सिराहाका दिलिपकुमार साह, सर्लाहीका राजकुमार राय र सुनसरीका देवकर्ण पौडेलको मनोनयन कायम राखिएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

दोस्रो चरणमा आगामी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्ल्लामा प्रत्यक्ष तर्फ गत बिहीवार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्ता गरेका ४ हजार ७ सय ८ मध्ये ५ जनाको मनोनयन आज खारेज भएको हो । उम्मेदवारी दिएका मध्ये ९ जनाबिरुद्ध हिजो उजुरी परेको थियो ।

-ekantipur बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार
अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
हिमपात स् यातायात र हवाई उडान ठप्प
हिमपात स् यातायात र हवाई उडान ठप्प
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’

तपाईंले छुटाउनुभयो कि?