काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
६२ पटक हेरिएको
Shares
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु

सारांश

  • २३ मंसिर, काठमाडौं ।
  • काठमाडौं क्षेत्रनम्बर ५ र ७ को मतगणना शनिबार बिहान ८ बजेबाट सुरु भएको छ ।
  • मुचुल्कामा भन्दा बढी मत गणनाको क्रममा देखिएपछि रातभर गणना रोकिएको थियो ।

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर ५ र ७ को मतगणना शनिबार बिहान ८ बजेबाट सुरु भएको छ । मुचुल्कामा भन्दा बढी मत गणनाको क्रममा देखिएपछि रातभर गणना रोकिएको थियो ।

बिहान वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच सहमति भएपछि गणना सुरु भएको दुबै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

टोखा २ क्वाखल र सरस्वती ३ को बुथमा मुचुल्कामा भन्दा बढी मत देखिएपछि कांग्रेसका प्रतिनिधिहरुले गणनामा विरोध गरेपछि गणना रोकिएको थियो ।

काठमाडौं क्षेत्रनम्बर ५ का निर्वाचन अधिकृत चाणक मणी अर्यालले रातभर रोकिएको मत गणना बिहानबाट सुरु भएको  जानकारी दिए ।

काठमाडौं ५ मा कांग्रेसका प्रकाशशरण महत र एमालेका महासचिव ईश्वर पोखरेल उम्मेदवार छन् ।

यसैगरी काठमाडौं क्षेत्रनम्बर ७ को मतगणना पनि सुरु भएको सो क्षेत्रका निर्वाचन अधिकृत कपिलमणि गौतमले जानकारी दिए ।

गौतमले  भने, ‘मुचुल्का उठाउने क्रममा महिला र पुरुष मतदाताको संख्या उल्लेख गर्ने क्रममा ३ मत बढी देखिएपछि रोकिएको थियो । बिहान ८ बजेबाट गणना सुरु भएको छ ।’

गौतमका अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले ५ हजार २५ मत पाएका छन् ।

उनलाई राप्रपाका विक्रमबहादुर थापाले २ हजार ७९२ मतसहित पछ्याइरहेका छन् । यसैगरी साझा विवेकशीलका उम्मेदवार अनुपा श्रेष्ठले १ हजार ५६२ मत पाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
माध्यमिक शिक्षा परीक्षा (एसइइ)को  नतिजा सार्वजनिक
माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !
लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
प्रा डा केसीको अनशन स्थगित
प्रा डा केसीको अनशन स्थगित

तपाईंले छुटाउनुभयो कि?