तनाब र अवरोध बीच चुनाबी माहोल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १५, २०७३
|
|
९०१ पटक हेरिएको
Shares
तनाब र अवरोध बीच चुनाबी माहोल

सारांश

  • आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।
  • विहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घन्टा ढिलो गरी सुरु भएकोहो ।
  • क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको भए पनि  नाराबाजी र प्रर्दशन पनि भइरहेको छ ।

आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

विहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घन्टा ढिलो गरी सुरु भएकोहो । क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको भए पनि  नाराबाजी र प्रर्दशन पनि भइरहेको छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।

सुरुमा आरआरमा अखिलको मात्र उम्मेदवारी परेको थियो । नेवि संघ र क्रान्तिकारीसहित ९ विद्याथीले बहिस्कार गरेपछि फागुन १८ मा देशका अधिकांश क्याम्पसमा चुनाव हुँदा आरआरमा भएन र, २३ गतेको मिति तोकिएको थियो ।

अहिले प्रमुख विद्यार्थी संगठन चुनावी मैदानमा छन् । निर्वाचनमा प्रमुख तीन दलनिकट नेवि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेसम्वद्ध अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, कांग्रेससम्वद्ध नेविसंघबँट उत्तम साउद र माओवादीसम्वद्ध अखिल क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको प्यानल छ ।

आरआरमा करिव ३ हजार ५ सय बढी मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी
महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी
भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल
भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल
उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई
उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई
राजनीतिको कोपभाजनमा नेपाल प्रहरी
राजनीतिको कोपभाजनमा नेपाल प्रहरी
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !
चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति
लयन्स क्लव अफ बुटवल क्षितिजले पुजाआजा गर्न आएका भक्तजनको स्वास्थ  परिक्षण,
लयन्स क्लव अफ बुटवल क्षितिजले पुजाआजा गर्न आएका भक्तजनको स्वास्थ परिक्षण,

तपाईंले छुटाउनुभयो कि?