१२ बजेबाट मौन अवधि सुरु, के-के गर्न पाइदैन

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २१, २०७४
|
|
५१ पटक हेरिएको
Shares
१२ बजेबाट मौन अवधि सुरु, के-के गर्न पाइदैन

सारांश

  • काठमाडौं,माघ २१ ।
  • यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ ।
  • मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं,माघ २१ । यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट भने नभएको निर्वाचन आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिए ।

मौनअवधिमा के-के गर्न पाइदैन,यस्तो छ आचारसंहिता

निर्वाचन आचारसंहिता (चौथो संशोधन २०७४) २०७२ मा मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू निम्नानुसारका रहेका छन् ।

१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३. एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
एक्लै पहाड फोडेर गाउँमा बाटो  पु-याउने  चन्द्रवीर
एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने  चन्द्रवीर
गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा
गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
व्यवसायी विस्थापित हुने क्रम बढ्दै
व्यवसायी विस्थापित हुने क्रम बढ्दै
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
निर्मलाका बाआमालाई भेटेर गृहमन्त्री बादलले यसो भने
निर्मलाका बाआमालाई भेटेर गृहमन्त्री बादलले यसो भने
यसकारण फ्रिजको चिसो पानीसीधै नपिउँनुस्
यसकारण फ्रिजको चिसो पानीसीधै नपिउँनुस्
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु

तपाईंले छुटाउनुभयो कि?