अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २२, २०७४
|
|
५५ पटक हेरिएको
Shares
अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस

सारांश

  • काठमाडौं, २२ माघ – चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सम्बन्धनमा अनियमितता गरेको ठहरसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीलाई तत्काल बर्खास्त गर्न सिफारिस गरेको छ ।
  • आयोगले उपकुलपति डा.
  • तीर्थ खनियाँ, रजिस्ट्रार डिल्ली उप्रेती र रेक्टर सुधा त्रिपाठीलाई बर्खास्तको सिफारिस गरेको हो ।

काठमाडौं, २२ माघ – चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सम्बन्धनमा अनियमितता गरेको ठहरसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीलाई तत्काल बर्खास्त गर्न सिफारिस गरेको छ ।

आयोगले उपकुलपति डा. तीर्थ खनियाँ, रजिस्ट्रार डिल्ली उप्रेती र रेक्टर सुधा त्रिपाठीलाई बर्खास्तको सिफारिस गरेको हो । डा. गोविन्द केसीलाई विभागीय कारबाहीका लागि फाइल खडा गर्न खोजेका त्रिवि पदाधिकारीहरू आफैं बर्खास्तीको सिफारिसमा परेका हुन् । आयोगले मेडिकल कलेजको अनियमितता र अन्य विवादास्पद निर्णयमा संलग्न भएका ४३ जनालाई कारबाहीको सिफारिस गरेको खबर कृष्ण ज्ञवाली, मकर श्रेष्ठले आजको कान्तिपुरमा लेखेका छन्।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले आयोगको प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै थप छानबिनपछि निर्णय गर्ने जानकारी दिएका छन् । ‘आयोगको प्रतिवेदन प्रधानमन्त्रीमार्फत हामीकहाँ आइपुगेको छ,’ उनले भने, ‘त्रिविका सबै पदाधिकारी बर्खास्त गर्न सिफारिस भएको रहेछ, थप छानबिनपछि निर्णय लिनेछौं ।’ स्रोतका अनुसार मन्त्री श्रेष्ठले आइतबार नै यसबारे छलफल गरेका छन् । शिक्षा मन्त्रालय स्रोतका अनुसार काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन प्रकरणमा विश्वविद्यालयका तीन मुख्य पदाधिकारीसहित कार्यकारी परिषद्का सबै सदस्यलाई कारबाहीको सिफारिस गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरणअनुसार आयोगले कानुनका डिन तारा सापकोटालाई सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गरी सम्बन्धनको सिफारिस गरेको ठहरसहित विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य र डिनबाट समेत हटाउन सिफारिस गरेको छ । त्यसैगरी विज्ञानका डिन रामप्रसाद खतिवडा तथा दुई प्राध्यापक राजेन्द्र पौडेल र हरि पराजुलीलाई समेत कार्यकारी परिषद् सदस्यबाट हटाई कारबाही गर्न सिफारिस भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । छानबिनका क्रममा त्रिवि पदाधिकारीपछि कानुनका डिन सापकोटा सबैभन्दा विवादास्पद भूमिकामा देखिएका छन् ।

कांग्रेसको सिफारिसमा उपकुलपति बनेका डा. खनियाँ पछिल्लो निर्वाचनमा एमालेसहित वाम गठबन्धनको बहुमत आएपछि एमालेसँग निकट बनेका थिए । उपकुलपतिको सचिवालय स्रोतका अनुसार एमाले नेताहरूकै सल्लाहमा खनियाँले डा. केसीको क्रियाकलाप त्रिवि ऐन र नियमविपरीत भएको भन्दै प्रतिशोधस्वरूप स्पष्टीकरण लिने र कारबाही गर्ने तयारीमा थिए ।

जाँचबुझ आयोगको प्रतिवेदनका विषयवस्तु प्रमाण हुने भनी लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नजिर कायम गरेको छ । जाँचबुझ ऐनअनुसार गठित आयोगको कानुनी हैसियत जनआन्दोलन २०६२/६३ मा भएको दमनको छानबिन गर्न गठित रायमाझी आयोगसरहकै हो । सरकारले रायमाझी आयोगको प्रतिवेदनकै आधारमा दोषी किटान भएका व्यक्तिलाई कारबाही गरेको थियो । मेडिकल कलेज विवाद र अनियमितताका विषयमा समेत पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगको सिफारिस बाध्यकारी हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनोज गजुरेलले आपसी सहमतिमा श्रीमतीसँग गरे सम्बन्ध बिच्छेद !
मनोज गजुरेलले आपसी सहमतिमा श्रीमतीसँग गरे सम्बन्ध बिच्छेद !
रौतहट चन्दनपुरको मुसहर बस्तीमा नेपाल विद्यार्थी संघको राहत ;
रौतहट चन्दनपुरको मुसहर बस्तीमा नेपाल विद्यार्थी संघको राहत ;
First Saudi woman delivers evening news bulletin
First Saudi woman delivers evening news bulletin
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए
मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक
मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक
अप्ठ्यारोमा प्रचण्ड
अप्ठ्यारोमा प्रचण्ड
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)

तपाईंले छुटाउनुभयो कि?