साला उदय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
साला उदय

सारांश

  • उदय जीएम न काम छ उसको न फुर्सद छ उसको हतार/फुर्सदमै फुर्सद/हतारमै जीवन खेर फालिरहेछ साला उदय जलिरहेछ हजार/लाख चोटहरु हजार/लाख पीडाहरु म्वाई खान्छन् उसलाई रन्थनिएर यताउता अभावको चोकमा हराइरहेछ साला उदय कराइरहेछ एक किलोको सानो टाउको सोच्छ सागर किनारको कुरा खोज्छ देश–देशावरको कुरा बोकेर कुरैकुराहरुको अजंग भारी दुनियाँको माझमा किचिइरहेछ साला उदय मिचिइरहेछ आफ्नाहरु मिच्छन् आफ्नाहरु नै किच्छन् र, ङिच्च दाँत देखाएर हाँस्छन् वेदनाको उच्चचापमा यता साला उदय पग्लिरहेछ अभावको सगरमाथा भने अझै अग्लिरहेछ ।

उदय जीएम

न काम छ उसको
न फुर्सद छ उसको
हतार/फुर्सदमै
फुर्सद/हतारमै
जीवन खेर फालिरहेछ
साला उदय जलिरहेछ

हजार/लाख चोटहरु
हजार/लाख पीडाहरु
म्वाई खान्छन् उसलाई
रन्थनिएर यताउता
अभावको चोकमा हराइरहेछ
साला उदय कराइरहेछ

एक किलोको सानो टाउको
सोच्छ सागर किनारको कुरा
खोज्छ देश–देशावरको कुरा
बोकेर कुरैकुराहरुको अजंग भारी
दुनियाँको माझमा किचिइरहेछ
साला उदय मिचिइरहेछ

आफ्नाहरु मिच्छन्
आफ्नाहरु नै किच्छन्
र, ङिच्च दाँत देखाएर हाँस्छन्
वेदनाको उच्चचापमा यता
साला उदय पग्लिरहेछ
अभावको सगरमाथा भने अझै अग्लिरहेछ ।

रचना : २०५९ फागुन ६ गते, मंगलबार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?