मन्त्रिपरिषद्मा थारु समुदायको प्रतिनिधित्व गराउन माग

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्मा थारु समुदायको प्रतिनिधित्व गराउन माग

सारांश

  • काठमाडौँ, १३ फागुन, थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् ।
  • यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको थारु नेताहरुको भनाइ थियो ।
  • नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती चौधरीले सरकारमा थारु समुदायलाई समानुपातिक सहभागिता गर्नुपर्नेमा जोड दिँदै थारुले सम्मानजनक मन्त्रिपरिषद्मा स्थान पाउनुपर्ने बताउनुभयो ।

काठमाडौँ, १३ फागुन, थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको थारु नेताहरुको भनाइ थियो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती चौधरीले सरकारमा थारु समुदायलाई समानुपातिक सहभागिता गर्नुपर्नेमा जोड दिँदै थारुले सम्मानजनक मन्त्रिपरिषद्मा स्थान पाउनुपर्ने बताउनुभयो ।

थारु संघर्ष समितिका अगुवा एव अभियन्ता डा सुरेन्द्रकुमार चौधरीले नेपालको ७० वर्ष लामो राजनीतिक इतिहासमा थारुले बलिदान गरेको स्मरण गर्दै राज्यले उनीहरुमाथि विभेद गर्न नहुने बताउनुभयो ।

थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सचिव तुलसी थारुले देशमा राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका थारु समुदायले देश विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण
स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?
उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
आज हरितालिका तीज, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुँइचाे
आज हरितालिका तीज, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुँइचाे
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
आइजिपी खनालले गरे बाल विवाह विरुद्ध संकल्प
आइजिपी खनालले गरे बाल विवाह विरुद्ध संकल्प
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट

तपाईंले छुटाउनुभयो कि?