अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २, २०७३
|
|
१४६ पटक हेरिएको
Shares

सारांश

  • कार्तिक २, २०७३- स्वास्थ्य मन्त्री गगन थापाले अख्तियार दुरुपयोग आयोगका प्रमुख लोकमानसिंह कार्कीले पदीय मर्यादा विपरित गतिविधि गरिरहेको बताएका छन् ।
  • बेनी अस्पताल म्याग्दीको फार्मेसी कक्ष उद्घाटन तथा जनरल एनेस्थेसिया मेशिन हस्तान्तरण गर्न म‌ंगलबार यहाँ आएका थापाले संञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
  • अख्तियार प्रमुख कार्कीका गतिविधि पदीय मर्यादा र जिम्मेवारीबाहिर रहेको उनले बताए ।

कार्तिक २, २०७३- स्वास्थ्य मन्त्री गगन थापाले अख्तियार दुरुपयोग आयोगका प्रमुख लोकमानसिंह कार्कीले पदीय मर्यादा विपरित गतिविधि गरिरहेको बताएका छन् । बेनी अस्पताल म्याग्दीको फार्मेसी कक्ष उद्घाटन तथा जनरल एनेस्थेसिया मेशिन हस्तान्तरण गर्न म‌ंगलबार यहाँ आएका थापाले संञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अख्तियार प्रमुख कार्कीका गतिविधि पदीय मर्यादा र जिम्मेवारीबाहिर रहेको उनले बताए ।

‘अख्तियार प्रमुख कार्की विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले मन्त्रीको हैसियतमा मैले बोल्न सक्दिन । तर, मेरो ब्यक्तिगत बुझाई के हो भने कार्कीको आचरण र ब्यवहार पदीय मर्यादा विपरित छ,’ उनले भने, ‘डा. केसीले उठान गरेका मुद्दाहरुमा म सहमत छु । निकास निकाल्न प्रयत्न भइरहेको छ ।’

कांग्रेस कार्यकर्तासँगको छुट्टै भेटघाटमा उनले स्थानीय निकायको निर्वाचन ढिलोमा बैशाख १५ भित्र हुने भएकोले तयारीमा जुट्न निर्देशन दिए । नेपाली राजनीतिमा अन्तिम समयमा मात्रै सहमति हुने चलनले यसपटक पनि निरन्तरता पाउने भएकोले यही सरकारले स्थानीय निकायको निर्वाचन गराउने दाबी उनले गरे ।

मन्त्री थापाले अस्पतालको कार्यक्रममा फार्मेसी कक्ष उद्घाटनसँगै जनरल एनेस्थेसिया मेशिन जिल्ला अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे । निक साईमण्डको सहयोगमा जिल्लामा छुट्टै डाक्टरसहित शल्यक्रिया सेवा संञ्चालित छ । उक्त सेवाका लागि विरामी वेहोस बनाउने उपकरण ल्याइएको हो ।

१५ शैय्याबाट स्तरोन्नति गरी ५० शैय्या क्षमतामा पुर्‍याउने प्रयासमा रहेको जिल्ला अस्पताललाई निरन्तर संञ्चालन गर्न अस्थायी भवन निर्माण गर्न तत्काल बजेट पठाउने उनले आश्वासन दिए । अस्पतालको ओपिडी, औषधी कक्ष, दन्त विभाग, इर्मजेन्सी कक्ष, अपरेसन कक्ष र विरामी वार्डलगायत सबै फाँटमा उनले निरीक्षण गरेका थिए ।

जिल्लाबासीको सक्रियतामा जिल्लामै छुट्टै रगतको कल्चर गर्ने, सामान्य प्रकारका शल्यक्रिया गर्ने, अत्याधुनिक डिजिटल प्रविधीयुक्त मेशिनबाट एक्सरे गर्ने, दन्त सेवा र आईसियू संञ्चालन गरिएकोमा मन्त्री थापाले खुशी ब्यक्त गरे । स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालको सेवा र सुविधामा गुणात्मक परिवर्तन ल्याउन आफू प्रयत्नशील रहेको र सरकार कुनै पनि रोगको उपचार देशभित्रै गर्न सक्षम बन्ने र पैसा नभएका कारणले नेपालीले उपचारबाट बन्चित हुनु नपर्ने वातावरण मिलाउन मन्त्रालय लागेको पनि भनाइ उनले राखे ।

श्रोत्: कान्तिपुर दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी
पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई
विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा

तपाईंले छुटाउनुभयो कि?