निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २२, २०७५
|
|
६४ पटक हेरिएको
Shares
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा

सारांश

  • बनेपा, २२ वैशाख : सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभएको छ ।
  • आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गर्नुभयो ।
  • उहाँले भन्नुभयो, “बजेट बनाउने प्रक्रियामा छौं, अब खर्च उत्पादनमा हुन्छ, बाँडीचुँडीमा बजेट जादैन् ।

बनेपा, २२ वैशाख : सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “बजेट बनाउने प्रक्रियामा छौं, अब खर्च उत्पादनमा हुन्छ, बाँडीचुँडीमा बजेट जादैन् ।”
उहाँले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने कुरा विगतमा पनि भनिएको र भर्खरैमात्र स्थलगत रुपमा अनुगमन गरी समिति समेत गरेर उक्त काम अगाडि बढेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले आफूहरुले देखेका समृद्धिका सपना र जनताको बीचमा बाँडेको सपना पूरा गर्नमा सबैको साथ र सहयोग उत्तीकै आवश्यक रहेको बताउनुभयो । सो अवसरमा उहाँले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन विभिन्न चरणमा सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।
प्रदेश सांसद वसुन्धरा हुँमागाईंले प्रदेश राजधानीको विषयमा लगभग टुंगो लागिसकेको बताउनुभयो । “ढुक्क हुनुहोस्, प्रदेशको राजधानी काभ्रेपलाञ्चोक जिल्लामा नै हुन्छ” उहाँले भन्नुभयो ।
कार्यक्रम नेकपा एमाले बनेपा नगर कमिटीका संयोजक एवं बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिने
जङ्गलको बाघ बजार पस्दा किन स्याल बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड ?
जङ्गलको बाघ बजार पस्दा किन स्याल बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड ?
पोखरामा मेगा एजुकेशन फेयर
पोखरामा मेगा एजुकेशन फेयर
धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या
धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’
‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’
शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा
शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

तपाईंले छुटाउनुभयो कि?