‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’
सारांश
- जेठ ९, काठमाण्डौ ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिएको छ ।
- मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैली र केन्द्रिकृत प्रणालीको सपना बाड्ने योजनाको पुलिन्दा मात्रै भएकोले संसदमा आवाज उठाउने निर्णय गरेको हो ।
जेठ ९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैली र केन्द्रिकृत प्रणालीको सपना बाड्ने योजनाको पुलिन्दा मात्रै भएकोले संसदमा आवाज उठाउने निर्णय गरेको हो ।
नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक वर्षभित्र कुनकुन क्षेत्रमा के कति उपलब्धी हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप कांग्रेसले लगाएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकासशरण महतले संघीय संरचनालाई नीति तथा कार्यक्रमले वेवास्ता गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै महतले सरकारको नीति तथा कार्यक्रममाथि पार्टीभित्र छलफल गरेर आवश्यकताअनुसार संसदमा कुरा उठाइने बताए ।
नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको आधार नभएका कतिपय योजना समावेश गरिएको महतले बताए ।
प्रचारमुखी नीति तथा कार्यक्रम बनाएर व्यवहारमा कसरी उतार्ने भन्नेमा कुनै आधार तय नभएको उनको आरोप छ ।
नेपाली कांग्रेसले नीति तथा कार्यक्रमको विरोधका लागि विरोध मात्रै नगरिएको जिकिर गर्दै महतले विगतका सरकारले नै तय गरेका केही महत्वपूर्ण योजना अहिले नयाँ योजनाको रुपमा प्रचार गर्न खोजिएको आरोप लगाए ।
चुनावका बेला वृद्ध भत्ता मासिक पाँच हजार दिन्छु भनेर भोट मागे पनि अहिले यसबारे मौन देखिनुले प्रतिवद्धताप्रति वेवास्ता गरेको उनले बताए ।
दोहोरो अंकको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय दोब्बर बनाउने कुरा उल्लेख गरिए पनि उक्त लक्ष्य कसरी हासिल गर्ने भन्नेमा नीति तथा कार्यक्रमले स्पष्ट अधार तय नगरेको महतले बताए ।
सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
Rai Keshar
Yo thagle ke bhanxa ulto sulto bolxata sattama huda kam gardaina Arule kam garda pahileko yojananai hore sale vate
Durga Adhikari
Rai ji, yo hawadari govt. Le timro kehi unnati pragati vayo vane thikari natra vane NC lai gali nagarnu.
Rai Keshar
Je hosh durga jilai chitta dukhexa kinaki chorko khutta kat bhanda khutta tanirathyo ra testaipo garnuvota ki mahatko nun khai rakhanu vakoxa Ajhai ham neta hoinau jantale naramro kam garnelai birod garna painxa ki paindaina durgaji ???
Rai Keshar
Nepali congres lai haina naramro kam garne Auta byaktilai gareko tapai hijo janmeko congresho hami jamana dekhiko congres hau hami pati bhanda pani kam herxau Ani bhanxau
Ananda Bajracharya
अब के भाग खोजेको त। साले धर्तीको बोझ।
Durga Adhikari
Naya kura ta Rakshau to KTM Rail kudaune kura vaihayo.
Arjun Bista
Haina k vanxa nayakura garna sakdaina raixa kp le sapai timi haru le sakai sake xau kam garira tai pani paxa ko hola ni
Ram Rai
अनि अरु के के गरेछन महत जी?अबकाे १० बर्ष यसरी नै कराउदै बस।
Ekraj Neupane
काङ्ग्रेसमा बुद्धिजीवी एक जना पनि छैनन् कि
महत्त्वपूर्ण कुरा कार्यनयनको होइन र?