नेपाल विद्युत प्रधिकरणले ४३ करोड भत्ता बाँड्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ६, २०७५
|
१
|
६५ पटक हेरिएको
Shares
नेपाल विद्युत प्रधिकरणले ४३ करोड भत्ता बाँड्ने

सारांश

  • काठमाडाै, ६ साउन ।
  • नेपाल विद्युत प्रधिकरण नाफामा जान सुरु भए लगत्तै कर्मचारीहरुले थप सेवासुविधाको माग गर्दै दबाव दिन थालेका छन् ।
  • उनीहरुले हालै वाषिर्कोत्सवका अवसरमा एक महिना बराबरको थप तलव दिन व्यवस्थापनसँग माग गरेका हुन् ।

काठमाडाै, ६ साउन । नेपाल विद्युत प्रधिकरण नाफामा जान सुरु भए लगत्तै कर्मचारीहरुले थप सेवासुविधाको माग गर्दै दबाव दिन थालेका छन् । उनीहरुले हालै वाषिर्कोत्सवका अवसरमा एक महिना बराबरको थप तलव दिन व्यवस्थापनसँग माग गरेका हुन् । अहिले प्राधिकरणले कर्मचारीलाई ५ सय रुपैयाँ मात्रै यस्तो भत्ता दिने गरेको छ । कर्मचारीको माग पुरा गर्न प्राधिकरणले करोडौं खर्चिनुपर्छ । हाल प्राधिकरणमा १० हजार कर्मचारी छन् । आयोजनामा कार्यरत कर्मचारीहित सबैले एक महिनामा ४३ करोड बराबरको तलव बुझ्ने गरेको प्राधिकरणको संस्थागत वित्त विभागले जनाएको छ ।

निरन्तर घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३/७४बाट मात्र मुनाफामा गएको हो । कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएको वर्षमै उनले प्राधिकरणलाई सञ्चालन मुनाफामा लगेका थिए । दैनिक १९ घण्टासम्म भएको लोडसेडिङलाई पूर्ण रुपमा हटाएपछि प्राधिकरण भर्खरै तंग्रिने स्थितिमा अघि बढेको छ । यस्तो अवस्थामा प्राधिकरणको आधिकारिक ट्रेड युनियन, कर्मचारी संघले कर्मचारीको मनोबल उच्च बनाउन एक महिनाको तलव बराबरको वाषिर्कोत्सव भत्ताको रुपमा उपलब्ध गराउन माग गरेको हो ।

कर्मचारीहरुले घिसिङलाई ज्ञापनपत्र बुँझाउँदै व्यवस्थापनको सुझबुझुपूर्ण निर्णय र कर्मचारीहरुको अथक प्रयासका कारण प्राधिकरणका आर्थिक अवस्थामा सुधार आएको भन्दै भत्ता उपलब्ध गराउन माग गरेका हुन् । संघका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरण नाफा नरहादा यस्तो कुनै दाबव व्यवस्थापनलाई नदिएको स्मरण गराउँदै कमर्चरीलाई उत्प्रेरित गर्न पनि यस्तो भत्ता आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।प्राधिकरणमा हाल कार्यरत आधाभन्दा बढी कर्मचारी सक्रिय रुपमा काम नगरिरहेको प्राधिकरण्का एक उच्च अधिकारी बताउँछन् । प्राधिकरणमा रहेर राजनिती गर्ने र राजनितीको आडमा संस्था मै व्यापार व्यवसाय चलाउनेको संख्या पनि सानो छैन ।

कतिपय कार्यालयमा भन्दा बढी व्यक्तिगत काममा व्यस्त हुने गरेका छन् भने सेयर बजार र कन्सल्टेन्ट कार्यमा व्यस्त हुनेहरु पनि धेरै छन् । कतिपयले यस्ता व्यक्तिगत कामका लागि प्राधिकरण कै साधनश्रोत समेत प्रयोग गरेको पाइएको छ ।ट्रेड युनियन चलाएर व्यवस्थापनमाथि सुरुवा, बढुवा र सेवासुविधा वृद्धिमा अनावश्यक दाबव दिने समूहको पनि प्राधिकरणमा पकड छ । आफ्ना कर्मचारीको सेवासुविधा हाल निजामति कर्मचारीकोभन्दा राम्रो रहेको प्राधिकरणका अधिकारीले जानकारी दिए ।

(Lorazepam)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kashi Shrestha

    Kasto aanand .nigam ka karmachari ra pradhikaran ka karmachari lai duitai haatma laddu.talab bonus ani comisson pani chahinxa hola ni?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी
एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी
Is Neha Dhupia spotted with baby bump at Femina Miss India 2018?
Is Neha Dhupia spotted with baby bump at Femina Miss India 2018?
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
पानी चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत
पानी चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत
यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने

तपाईंले छुटाउनुभयो कि?