​काठमाडौंको आकाशमा जहाजहरु होल्ड

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
​काठमाडौंको आकाशमा जहाजहरु  होल्ड

सारांश

  • काठमाडौं,६ साउन।
  •   नेपालको एक मात्र विमानस्थलको धावनमार्ग बिग्रेपछि भारत, चीन तथा खाडीमुलुकबाट आएका जहाजहरु आकाशमै होल्ड हुन बाध्य भएका छन् ।
  • आज अपरान्ह २ बजे भुटानबाट आएको जहाज अवतरण गर्ने क्रमममा धावनमार्गमा खाल्डा परेपछि उक्त खाल्डा टाल्नको लागि आधा घण्टा विमानस्थल नै बन्द गरेर मर्मत कार्य गरिएको छ ।

काठमाडौं,६ साउन।  नेपालको एक मात्र विमानस्थलको धावनमार्ग बिग्रेपछि भारत, चीन तथा खाडीमुलुकबाट आएका जहाजहरु आकाशमै होल्ड हुन बाध्य भएका छन् । आज अपरान्ह २ बजे भुटानबाट आएको जहाज अवतरण गर्ने क्रमममा धावनमार्गमा खाल्डा परेपछि उक्त खाल्डा टाल्नको लागि आधा घण्टा विमानस्थल नै बन्द गरेर मर्मत कार्य गरिएको छ ।

एकाएक धावनमार्ग बिग्रेपछि काठमाडौंतर्फ आइरहेका जहाजहरु आकाशमै होल्ड हुन बाध्य भएका थिए । धावन मार्ग बिग्रदा मस्कटबाट आएको ओमन एयरको जहाज पाँच फन्का आकाशमै फन्को मार्न बाध्य भयो भने नयाँदिल्ली काठमाडौं उडानको क्रममा रहेको जेट एयरवेज चार फन्का बाराको आकाशमाथि होल्ड हुन बाध्य भयो । त्यस्तै दिल्ली काठमाडौंकै एयर इण्डिया पनि यो समाचार तयार गर्दासम्म आकाशमै फन्को मारिहेको छ भने कुन्मिङ–काठमाडौं उडानमा रहेको चाईना इष्टर्न एयरवेजको जहाज पनि आकाशमै होल्ड हुन बाध्य छ ।  विमानस्थल मर्मतको क्रममा आन्तरिक उडानमा रहेका जहाजहरु समेत डाईभर्ट भएको विमानस्थल सूत्रले जनाएको छ । दुई बजेदेखि सुरु गरिएको मर्मत कार्य करिब पौने तीन बजे सम्पन्न भएपछि विमानस्थल सुचारु भइसकेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Harihar Bhandari

    Yo vanda bijog k nai xa ra ,,Tara desh vitra aandolan bahek kehi xaina

    Comment Author

    L.N. Bhandari

    आफ़ू त अब पानीजहाज़मा जानी हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग गर्दै मन्दिरमा पानीको जाग्राम !
माग गर्दै मन्दिरमा पानीको जाग्राम !
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
राष्ट्रपति भण्डारी भोजपुर जाँदै
राष्ट्रपति भण्डारी भोजपुर जाँदै
७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !
७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
कपिलवस्तु  र खोटाङको ताजा मत पारीणाम
कपिलवस्तु र खोटाङको ताजा मत पारीणाम
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
बर्खास्त मन्त्रीलाई पार्टीबाटै घोक्रेठ्याक
बर्खास्त मन्त्रीलाई पार्टीबाटै घोक्रेठ्याक

तपाईंले छुटाउनुभयो कि?