प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति

सारांश

  • बुटवल ।
  • प्रदेश नम्बर ५ को सभामा ६ वटा संसदीय समिति बनेका छन्, समितिका सभापति निर्विरोध चयन भएका छन् ।
  • मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक-एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।

बुटवल । प्रदेश नम्बर ५ को सभामा ६ वटा संसदीय समिति बनेका छन्, समितिका सभापति निर्विरोध चयन भएका छन् ।

मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक-एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् । छवटा समिति बनेका मध्ये काँग्रेस र संघीय समाजवादी फोरमले एक-एक र नेकपाले चार समितिको सभापति लिएका छन् ।

सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार बुधबार निर्विरोध चयन भएका हुन् ।

मनोनयन दर्तामा एकएक जनाको मात्रै मनोनयन दर्ता भएपछि प्रदेश मामिला तथा कानून समितिमा नेकपाकै दामाकुमारी शर्मा, सामाजिक विकास समितिमा दीर्घनारायण पाण्डे र कृषि वन तथा वातावरण समितिमा संघीय समाजवादी फोरमका विजयबहादुर यादव निर्विरोध चयन भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
भार मापन गर्न आनाकानी
भार मापन गर्न आनाकानी
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी
नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीद्वारा पक्राउ
नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीद्वारा पक्राउ
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै

तपाईंले छुटाउनुभयो कि?