वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !

सारांश

  • भक्तपुर, २० साउन ।
  • राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।
  • भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो ।

भक्तपुर, २० साउन । राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।

भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् । यहाँका बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन् । बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित भएका थिए । पानी घरभित्र पसेपछि घरको भुइँतलाका सबै सामान बिग्रिएका छन् । पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ ।

राधे राधे क्षेत्रका विद्यार्थी विद्यालय जान पाएनन् । बासिन्दा घरबाट बाहिर ननिस्कँदा कार्यालयसमेत जान नपाएको स्थानीयवासी शर्मिला राईले बताए । नजीकै रहेको मन्टेश्वरीलगायत विद्यालय पनि बन्द भएका छन् । यहाँका होटल तथा रेष्टुरेण्ट बन्द भएका छन् । यातायात कार्यालयले राधे राधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा बन्द भएको छ । अरनिको राजमार्गस्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ ।

त्यस्तै हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, डा इवामुरा अस्पताल, अक्सफोर्ड स्कूललगायत क्षेत्र डुबानमा परेको छ । वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचालन गरिएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनए । यसअघि गत असार २८ गते मध्यपुरथिमि क्षेत्र डुबानमा परेको थियो ।

यता भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सूर्यविनायक हँुदै घ्याम्पेडाँडा जाने बाटाको धेरै ठाउँमा पहिरो गएपछि मुख्य सडक नै अवरुद्ध हुँदा यहाँ बासिन्दाले सास्ती खेप्नुपरेको छ ।
स्थानीय होटल व्यवसायी रामजी अवालले पाइलट बाबा आश्रमभन्दा तल र माथि ठाउँठाउँमा पहिरो गएर कालोपत्रे सडकसमेत पूरै अवरुद्ध भएपछि सो बाटो हुँदै विद्यालय जाने विद्यार्थी, शिक्षक, शिक्षिका र स्थानीय बासिन्दा प्रभावित भएको बताए। रातिदेखि नै बाटो बन्द भएपछि विभिन्न कार्यक्रम लिएर होटलमा आउने र आन्तरिक पर्यटकसमेत बीचबाटै फर्किएर गएको उनको भनाइ छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dev Sidali Magar

    होइट यो होनि त लाइन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
अव फास्ट ट्रयाकमा गाडी चलाउने तयारी
अव फास्ट ट्रयाकमा गाडी चलाउने तयारी
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
गोरखामा कांग्रेसको पहिलो जित
गोरखामा कांग्रेसको पहिलो जित
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
मास्कमाण्डु : छेक्दैन धुलो बजारिया मास्कले
मास्कमाण्डु : छेक्दैन धुलो बजारिया मास्कले
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद

तपाईंले छुटाउनुभयो कि?