कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

सारांश

  • लहान, १० भदौ ।
  • सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् ।
  • सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।

लहान, १० भदौ । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् ।सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।

बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिनुभयो ।चार जनाको समूहमा कमला नदी जल भर्न पुगेका मध्ये एक जना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरे पनि बाँकी तीन जना कमला नदीमा डुबेर बेपत्ता भएका थिए ।पहाडी क्षेत्रमा वर्षा भएकाले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेकाले खोजी उद्धारमा समस्या भए पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल
च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल
PINUP-AZ Online Casino Pin U
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने
गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने
संकटमा छाया सेन्टर, तनावमा सञ्चालकहरू
संकटमा छाया सेन्टर, तनावमा सञ्चालकहरू
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्

तपाईंले छुटाउनुभयो कि?