मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !

सारांश

  • सुर्खेत, १५ भदौ ।
  • कर्णाली प्रदेश सरकारले विसं २०७१ का बाढीपीडित बस्तीमा पुगेर आज श्रम दिवस मनाएको छ ।
  • मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी वीरेन्द्रनगर नगरपालिका–६ स्थित बाढीपीडित बस्तीमा तारजाली भर्न आफैँ गएका थिए ।

सुर्खेत, १५ भदौ । कर्णाली प्रदेश सरकारले विसं २०७१ का बाढीपीडित बस्तीमा पुगेर आज श्रम दिवस मनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी वीरेन्द्रनगर नगरपालिका–६ स्थित बाढीपीडित बस्तीमा तारजाली भर्न आफैँ गएका थिए । जोखिमयुक्त बस्तीमा धनजनको क्षति नहोस् भनेर सरकारले आज बाढीपीडित बस्ती छेउको खोर्के खोलामा काम गरेर श्रम दिन मनाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । जनतालाई सरकारनजिक छ भन्ने अनुभूति गराउन र उनीहरु स्वयंलाई पनि यो कामप्रति हाम्रो दायित्व छ भन्ने बनाउन सरकारले महिनामा दुई दिन श्रम दिवस मनाउँदै आएको र यो निरन्तर अघि बढ्ने उनले बताए ।

सरकारका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले प्राकृतिक विपत्बाट हुने जोखिमलाई कम गर्न प्रदेश सरकारले पूर्वसावधानीका साथ काम गरेको बताए । “समाजमा आइपर्ने प्राकृतिक तथा मानवीय विपत्प्रति सरकार संवेदनशील छ,” उनले भने, “श्रम दिवसले यो प्रदेशका जनतालाई नै जिम्मेवार बनाउँदै लैजाने प्रयास गरेको छ ।” यता सामाजिक विकासमन्त्री दल रावलले नगरपालिका–६ स्थित बाढीपीडित बस्तीको सरस्वती टोलका बालबालिकालाई ध्यानमा राखेर बालविकास केन्द्र स्थापनाका लागि रु पाँच लाख सहयोग गरिएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्राकृतिक विपत्ति र विभिन्न समस्याबाट प्रभावित जनतालाई लक्षित गरी गरीबमैत्री कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरका सबै वडामा सरसफाइ
काठमाडौँ महानगरका सबै वडामा सरसफाइ
प्रकृतिले आफैँ कोरिदियो सिमाना: वर्षापछि फेवातालको सतह बढ्दा सीमाङ्कनका पिल्लर र ‘तालघर’ डुबे
प्रकृतिले आफैँ कोरिदियो सिमाना: वर्षापछि फेवातालको सतह बढ्दा सीमाङ्कनका पिल्लर र ‘तालघर’ डुबे
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
चौतर्फी प्रहारले गणतन्त्र, संघीयता र धर्मनीरपेक्ष धरापमा
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन
म प्रधानमन्त्री बन्न लायक छु, बनेरै छाड्छु : रेखा थापा
म प्रधानमन्त्री बन्न लायक छु, बनेरै छाड्छु : रेखा थापा
पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन
पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?