मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १८, २०७५
|
|
४९ पटक हेरिएको
Shares
मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो ।

आदेशमा भनिएको छ, “३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको नियन्त्रण तथा नियमन गर्न तथा अन्य झोलाको वैकल्पिक झोलाको प्रवद्र्धन गर्ने प्रावधान यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु ।”

वन तथा वातावरणले गत जेठ २३ गते ३० माइक्रोनभन्दा कम मोटाइका झोला रोक्ने कार्यविधि निर्माण गरी ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला नियन्त्रण तथा नियमन गर्ने गरी वैकल्पिक झोला प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।

वैकल्पिक व्यवस्थाको तयार नगरी सो झोला प्रतिबन्ध लगाएको उल्लेख गर्दै सो निर्णयका विरुद्ध एक्सप्लोर नेपाल प्रालितर्फबाट भरतकुमार बस्नेतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । स्वच्छ वातावरण महाअभियानअन्तर्गत २०७२ वैशाख १ गतेदेखि लागू भएको ४० माइक्रोनभन्दा कम मोटाइको झोला प्रतिबन्ध निर्णयलाई सच्याएर ३० माइक्रोन लागू गर्ने व्यवस्था सो मन्त्रालयले गरेको थियो । त्यसको कार्यान्वयन गर्ने गरी अदालतले आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा
नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा
निर्वाचनपछि प्रतिनिसभाको बैठक आज बस्दै
निर्वाचनपछि प्रतिनिसभाको बैठक आज बस्दै
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप
एमाले झापाले भन्यो– बिर्तामोड घटना नियोजित
एमाले झापाले भन्यो– बिर्तामोड घटना नियोजित
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो
उच्च अङ्कले घटेको नेप्से आज दोहोरो अङ्कले बढ्यो
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
रुसमा कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण सफल भएको दावी
रुसमा कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण सफल भएको दावी
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता

तपाईंले छुटाउनुभयो कि?