निर्वाचनपछि प्रतिनिसभाको बैठक आज बस्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २५, २०७९
|
|
५८ पटक हेरिएको
Shares
निर्वाचनपछि प्रतिनिसभाको बैठक आज बस्दै

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ।
  • नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन्।

काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ। दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रतिनिधिसभामा १२ दलका नेताको सम्बोधन

प्रतिनिधिसभाको भोलिको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन्। बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरुलाई स्वागत गर्नेछन्।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन्।

प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ। बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ। आजको बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ। सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट दुई-दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ। यसैगरी पहिलो प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ।

सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन्। उनले यसअघि यही पुस ७ गते नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

(https://voltagecoffee.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता
नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा
सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा
सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह

तपाईंले छुटाउनुभयो कि?